मापसेमा ४३९ चालकको लाइसेन्स निलम्बन

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १५, २०७६
|
|
४६ पटक हेरिएको
Shares
मापसेमा ४३९ चालकको लाइसेन्स निलम्बन

सारांश

  • काठमाडौँ, १५ साउन  यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन ९मापसे० गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र (लाइसेन्स)  निलम्बन गरेको छ ।
  • उक्त कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिफारिसमा पाँच पटकभन्दा बढी मापसे कारवाहीमा परेका व्यक्तिको लाइसेन्स निलम्बन गरेको हो ।
  • विसं २०६८ मङ्सिर १७ देखि मापसे जाँचलाई कडाइ गर्दै आएको महाशाखाले हालसम्म उपत्यकामा मापसे सेवन गरेर सवारी साधान चलाउने एक लाख ९० हजार ६९० चालकलाई कारवाही गरेको छ ।

काठमाडौँ, १५ साउन  यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन ९मापसे० गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र (लाइसेन्स)  निलम्बन गरेको छ । उक्त कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिफारिसमा पाँच पटकभन्दा बढी मापसे कारवाहीमा परेका व्यक्तिको लाइसेन्स निलम्बन गरेको हो । विसं २०६८ मङ्सिर १७ देखि मापसे जाँचलाई कडाइ गर्दै आएको महाशाखाले हालसम्म उपत्यकामा मापसे सेवन गरेर सवारी साधान चलाउने एक लाख ९० हजार ६९० चालकलाई कारवाही गरेको छ । महाशाखाले २०६८ सालदेखि मापसे जाँच गरे पनि लाइसेन्समा प्वाल पार्ने काम भने २०६९ मङ्सिरदेखि गर्दै आएको हो ।

पहिलोपटक मापसे सेवन गर्ने एक लाख ४९ हजार २१६, दोस्रोपटक २७ हजार ४७७, तेस्रोपटक नौ हजार ९९, चौथोपटक तीन हजार २८४ र पाँचौँ पटक एक हजार १७५ चालकलाई कारवाही गरिएको थियो । महाशाखाले मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्दै आएको छ ।महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले पछिल्लो समय उपत्यकामा मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको सङ्ख्यामा कमी आएको बताउनुुभयो । “ पछिल्ला वर्षमा मापसे कारवाहीमा पर्नेको सङ्ख्यामा कमी आएको छ”, उहाँले भन्नुभयो ।

महाशाखाका अनुसार आव २०७४÷०७५ मा २२ हजार २२६ चालक मापसेमा कारवाही परेकामा आव २०७५÷०७६ मा २१ हजार ९७३ चालक कारवाहीमा परेका थिए ।महाशाखाले मापसे कारवाहीमा परेका चालकसँग रु एक हजार जरिवाना लिनाका साथै उनीहरूका लागि कक्षा सञ्चालन गर्दै आएको छ । उपत्यकामा मापसे सेवन गरी सवारीसाधन चलाएपछि दुर्घटना हुने र धेरै मानिसको मृत्यु हुने गरेपछि ट्राफिक महाशाखाले २०६९ देखि मापसे जाँच तथा कारवाही गर्दै आएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला हत्याकाण्डमा : अनुसन्धानमा देखियो यस्तो लापर्वाही
विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्ने : अध्यक्ष प्रचण्ड
विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्ने : अध्यक्ष प्रचण्ड
राप्रपा अध्यक्ष थापा एमालेका दाहालको छायाँमा
राप्रपा अध्यक्ष थापा एमालेका दाहालको छायाँमा
रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दामाथिकाे सुनुवाइ बुधबार हुने
रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दामाथिकाे सुनुवाइ बुधबार हुने
उपसभामुख पदमा पुष्पा भुसालद्वारा मनोनयन दर्ता
उपसभामुख पदमा पुष्पा भुसालद्वारा मनोनयन दर्ता
घट्यो खाना पकाउने ग्यासको मुल्य अब ११२०/- मै पाहिने !
घट्यो खाना पकाउने ग्यासको मुल्य अब ११२०/- मै पाहिने !
इन्जिनियर, डाक्टरदेखि पूर्वमन्त्रीसम्म कानुन पढ्दै
इन्जिनियर, डाक्टरदेखि पूर्वमन्त्रीसम्म कानुन पढ्दै
‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’लाई साउन मसान्तसम्म निरन्तरता
‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’लाई साउन मसान्तसम्म निरन्तरता
डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली गठन
साउदी अरब: महिलालाइ गाडी चलाउन दिएकाे बिराेधमा कारमा अागजनी
साउदी अरब: महिलालाइ गाडी चलाउन दिएकाे बिराेधमा कारमा अागजनी