चोरी भएको शिलालेख फेला

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १७, २०७६
|
|
१९ पटक हेरिएको
Shares
चोरी भएको शिलालेख फेला

सारांश

  • जुम्लाको सिञ्जा गाउँपालिका वडा नं ६ जोडु गाउँको देयारडाँडाबाट चोरी भएको शिलालेख फेला परेको छ ।
  • पुरातत्व महत्वको उक्त शिलालेख सोही गाउँका मनवीर बुढाले चोरी गरेर आफ्नो घरमा राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
  • गत पुस २८ गते राति शिलालेख चोरी भएपछि माघ १३ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी परेकोमा प्रहरीले खोजी गर्दा शिलालेख फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी राजेन्द्र चन्द्रले जानकारी दिनुभयो ।

जुम्लाको सिञ्जा गाउँपालिका वडा नं ६ जोडु गाउँको देयारडाँडाबाट चोरी भएको शिलालेख फेला परेको छ । पुरातत्व महत्वको उक्त शिलालेख सोही गाउँका मनवीर बुढाले चोरी गरेर आफ्नो घरमा राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

गत पुस २८ गते राति शिलालेख चोरी भएपछि माघ १३ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी परेकोमा प्रहरीले खोजी गर्दा शिलालेख फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी राजेन्द्र चन्द्रले जानकारी दिनुभयो ।

स्थानीय मीनकली रावतको बारीमा रहेको शिलालेख परापूर्वकालदेखिको भएको वडा नं ६ का वडाध्यक्ष कालीबहादुर बुढाले बताउनुभयो । शिलालेख वडाध्यक्षको जिम्मा लगाएर फोटो पुरातत्व विभागमा पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?