पाेखरामा सर्प्राइजः हिजाे, राती र अाजकाे दृष्य अलग
सारांश
- पाेखराकाे बढी गुल्जार हुने चाेकमा रहेका अाइल्याण्ड भद्दा भएकाे समाचार समाधानमा बाराम्बार छापिएपछि स्थानीय प्रशासनले साेमबार राती लखनचाेककाे शालिक हटाएकाे छ ।
- यसअघि चाइना चाेक हुँदै पृथ्वीचाेक कहलिएकाे यहाँ गणतन्त्रपछि लखन थापाकाे शालिक राखिएकाे थियाे ।
- साँघुराे चाेकमा ठूलाे ठाउँ अाेगटेकाे यस स्थानमा प्रशासनले मध्यरातमा सुरक्षाकर्मी साथ लिएर अाइल्याण्ड र शालिक हटाएकाे हाे ।
पाेखराकाे बढी गुल्जार हुने चाेकमा रहेका अाइल्याण्ड भद्दा भएकाे समाचार समाधानमा बाराम्बार छापिएपछि स्थानीय प्रशासनले साेमबार राती लखनचाेककाे शालिक हटाएकाे छ । यसअघि चाइना चाेक हुँदै पृथ्वीचाेक कहलिएकाे यहाँ गणतन्त्रपछि लखन थापाकाे शालिक राखिएकाे थियाे । साँघुराे चाेकमा ठूलाे ठाउँ अाेगटेकाे यस स्थानमा प्रशासनले मध्यरातमा सुरक्षाकर्मी साथ लिएर अाइल्याण्ड र शालिक हटाएकाे हाे । शालिकले बढी ठाउँ ओगटेको भन्दै गएराति शालिक हटाइएको हो । शालिक हटाएर बेपत्ता पारिएको छ ।
शालिक हटाउने नभइ सानो साइजको आइल्याण्ड बनाएर शालिक पुनस्र्थापन गर्ने विषयमा पोखरा लेखनाथ महानगरपालिकाले यसअघि पनि छलफल चलाउँदै आएको थियो । मंगलबार बिहान पाेखरेलीले उक्त स्थान टुँडिखेलजस्ताे देखेपछि अचम्भित भएका थिए । नेपाल मगर संघले अान्दाेलनकाे दबाबमा उक्त स्थानमा प्रथम शहिद लखन थापाकाे शालिक राखेका थिए । तर, मंगलबार बिहानपछि उनीहरु अाक्राेशित भएका छन् । यद्यपि, सुरक्षा र साैन्दर्यका कारण र दशैंकाे माहाैलमा उनीहरुबाट विराेध भएकाे पाइएकाे छैन ।
अाम पाेखरेलीले भने स्थानीय प्रशासनकाे यस कामप्रति समर्थन गर्दै अन्यत्र रहेका भद्दा अाइल्याण्डसमेत हटाउन अाग्रह गरेका छन् । हालसम्म यसबारे पक्ष र विपक्षमा अाएका अभिमतहरु फेसबुककाे वालमा सिमित छ ।
प्रतिक्रिया