अन्तिम अभ्यास खेलमा पनि नेपाली क्रिकेट टोली विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
२० पटक हेरिएको
Shares
अन्तिम अभ्यास खेलमा पनि नेपाली क्रिकेट टोली विजयी

सारांश

  • काठमाडौं, १० भदौ ।
  • एसिया कप छनोटको तयारी गर्न श्रीलंकामा गएको नेपाल क्रिकेट टोलीले अन्तिम अभ्यास खेल पनि जितेको छ ।
  • श्रीलंकामा नेपालले लगातार तेस्रो खेल जितेको हो ।

काठमाडौं, १० भदौ । एसिया कप छनोटको तयारी गर्न श्रीलंकामा गएको नेपाल क्रिकेट टोलीले अन्तिम अभ्यास खेल पनि जितेको छ । श्रीलंकामा नेपालले लगातार तेस्रो खेल जितेको हो । आइतवार भएको अन्तिम अभ्यास खेलमा नेपालले श्रीलंकाको कल्टस क्रिकेट क्लबलाई ५ विकेटले हराएको छ ।

कल्ट्सले घरेलु मैदानमा पहिले ब्याटिङ गर्दै ४९.१ ओभरमा सबै विकेट गुमाएर २१६ रन बनाएको थियो । उसका लागि हसन हेवानायकेले सर्वाधिक ५९ रन बनाएका थिए । यस्तै, आयाना श्रीबद्र्धनेले ३६ तथा मदुरा लकमलले ३१ रन जोडेका थिए ।

बलिङमा नेपालका सोमपाल कामीले ३ तथा करण केसी र सागर पुनले २÷२ विकेट लिए । अघिल्ला दुई खेलमा पहिले ब्याटिङ गर्दै सहजै खेल जितेको नेपालले तेस्रो अभ्यास खेल जित्दा भने ब्याटिङमा केही कमजोरी देखिएको थियो । थोरै लक्ष्य हुँदा र राम्रो ब्याटिङ गरिरहँदा पनि नेपालले ज्ञानेन्द्रको विकेटपछि लगातार ३ विकेट गुमाएको थियो । तर युवा खेलाडीद्वय दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले राम्रो ब्याटिङ गरेपछि नेपालले खेल जितेको हो ।

नेपालको लागि कप्तान पारस खड्का र दीपेन्द्रले अर्धशतक प्रहार गरेका थिए । पारसले ५८ रन बनाए भने दीपेन्द्रले नटआउट ५२ रन योगदान गरे । यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ४६ रन जोडेका थिए । आरिफ शेख २३ रनमा नटआउट रहे । सुवास खकुरेलले २२ रन जोडे । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र पारसले ८८ रनको साझेदारी गरे। पाँचौ विकेटका लागि दीपेन्द्र र आरिफले नटआउट ६८ रनको साझेदारी गरे। कल्ट्सका लागि आयानाले २ विकेट लिए।

नेपालले पहिलो अभ्यास खेलमा आर्मी क्रिकेट क्लबलाई ६७ तथा दोस्रो अभ्यास खेलमा ब्लुमफिल्ड क्रिकेट क्बललाई १७६ रनले पराजित गरेको थियो । गत सोमवार श्रीलंका गएको नेपाली क्रिकेट टोली भोलि मलेसिया जानेछ । नेपाली टोलीका सदस्य सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिगमा आबद्ध भएका कारण उतैबाट मलेसिया जाने बताइएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Himal Makalu

    ok xata

    Comment Author

    Npl Subash

    बधाई छ नेपाल क्रिकेट टीम लाई
    अगाडी पनी यही सफलता जारी रहोस् weldone

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?