इजरायलमा सिक्न र कमाउन छानिए विद्यार्थी

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २४, २०८०
|
|
४६ पटक हेरिएको
Shares

सारांश

  • कैलाली।
  • सुदूरपश्चिम विश्वविद्यालयका कृषि विज्ञान विषयका स्नातक तहका ५० जना विद्यार्थी इजरायल जाने चटारोमा छन् ।
  • उनीहरू ११ महिना इजरायलमै बस्ने छन् तर उनीहरूको पढाइ टुट्ने छैन ।

कैलाली। सुदूरपश्चिम विश्वविद्यालयका कृषि विज्ञान विषयका स्नातक तहका ५० जना विद्यार्थी इजरायल जाने चटारोमा छन् । उनीहरू ११ महिना इजरायलमै बस्ने छन् तर उनीहरूको पढाइ टुट्ने छैन । बरु उनीहरूले त्यहाँ सिक्दै कमाउने छन् र कलेजलाई शोधपत्र बुझाएर मात्र उनीहरू फर्कने छन् ।

सो विश्वविद्यालय र नेपालस्थित इजरायलको दूतावासको सहकार्यमा विद्यार्थी आदानप्रदान कार्यक्रम अन्तर्गत ती विद्यार्थी ११ महिनाका लागि इजरायल जाने भएका हुन् । “कृषिमा आधुनिकीकरण भएको इजरायल पुगेर यहाँका विद्यार्थीले कृषि प्रविधि सिकून् भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरेका छौँ,” सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका डिन लालप्रसाद अम्गाईले भने, “त्यहाँ पुगेपछि साताको एक दिन पढ्ने, पाँच दिन काम गर्ने र एक दिन आराम गर्न पाउने छन् । विद्यार्थीले अर्थोपार्जन पनि गर्ने छन् ।”

उनका अनुसार स्नातक चौथो वर्षमा अध्ययनरत ५५ जना विद्यार्थीले आवेदन दिएकोमा नेपालका लागि इजरायलका राजदूत हनान गोडारको उपस्थितिमा सेडोट नेगेभ कलेजका प्राध्यापकको टोलीले टीकापुर बहुमुखी क्याम्पसमा ती विद्यार्थीलाई छनोट गरेको हो ।

इजरायल जाने विद्यार्थीहरूले हवाई टिकट भने आफैँले खरिद गर्नुपर्ने छ । अन्य खर्च विश्वविद्यालय तथा दूतावासको सहकार्यमा गरिने छ । इजरायलको श्रमिक कानुन अनुसार न्यूनतम पारिश्रमिक पाउने र राम्रो काम गर्न सक्नेले बढी पनि कमाउन सक्ने छन् ।

ती विद्यार्थीले मासिक कम्तीमा एक लाख रुपियाँ आम्दानी गर्ने छन् । उनीहरू आगामी सेप्टेम्बरमा इजरायल जाने छन् । विद्यार्थी लुइस रिजालले यो अवसर आफ्ना लागि निकै महत्वपूर्ण भएको र चाहेभन्दा राम्रो अवसर पाएको बताए। “नेपालमा कृषक र कृषि पढ्नेलाई महत्वसाथ नलिने गरिएको अवस्थामा यस्तो अवसरले आत्मबल बढाएको छ। केही अर्थोपार्जन पनि हुने छ,” उनले भने ।

अर्का विद्यार्थी सुष्मा रेग्मीले पनि इजरायल जान पाउनु आफ्ना लागि राम्रो मौका भएको उल्लेख गर्दै देशमा सिप र प्राविधिक ज्ञान थपिने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

SRK, Ranbir, Nita Ambani and others dance at Akash-Shloka’s engagement!
SRK, Ranbir, Nita Ambani and others dance at Akash-Shloka’s engagement!
झापाको हल्दीबारीमा राप्रपाको सुरूआती अग्रता
झापाको हल्दीबारीमा राप्रपाको सुरूआती अग्रता
सुनसरीबाट एघार फरार अभियुक्त पक्राउ
सुनसरीबाट एघार फरार अभियुक्त पक्राउ
नवनियुक्त प्रहरी महानिरीक्षक थापा : सरकारको निःस्वार्थ सेवाका लागि प्रतिबद्ध छु
नवनियुक्त प्रहरी महानिरीक्षक थापा : सरकारको निःस्वार्थ सेवाका लागि प्रतिबद्ध छु
‘सेल्फी किङ’मा बाँधियो विपिन कार्की र लक्ष्मी बर्देवाको जोडी, यस्तो कथामा बन्नेछ चलचित्र
‘सेल्फी किङ’मा बाँधियो विपिन कार्की र लक्ष्मी बर्देवाको जोडी, यस्तो कथामा बन्नेछ चलचित्र
श्रीलंकाको गृहयुद्धमा वेपत्ता २० हजार मृत घोषित
श्रीलंकाको गृहयुद्धमा वेपत्ता २० हजार मृत घोषित
ब्राज्रिलका चर्चित सेलेब्रिटी ‘डाक्टर बमबम’ पक्राउ
ब्राज्रिलका चर्चित सेलेब्रिटी ‘डाक्टर बमबम’ पक्राउ
महिला सल्लाहकारमा कोरोना देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प श्रीमतीसंगै कारेन्टिनमा
महिला सल्लाहकारमा कोरोना देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प श्रीमतीसंगै कारेन्टिनमा
बजार प्रवद्र्धन नहुँदा साझाका करोडौँ पुस्तक थन्किए
बजार प्रवद्र्धन नहुँदा साझाका करोडौँ पुस्तक थन्किए
पर्समा यी चिज राखे कंगाल भइने सम्भावना !
पर्समा यी चिज राखे कंगाल भइने सम्भावना !