इटालीको चिनो: जहाँ यसरी बन्छ विश्वकप ट्रफी
सारांश
- रुसमा जारी विश्वकपमा पूर्व विजेता इटालीलाई देख्न पाइएको छैन ।
- पछिल्लो ६० वर्षमा इटाली विश्वकपमा लागि छनौट हुन नसकेको यो पहिलो पटक हो ।
- तर विश्वकपमा नभए पनि इटालीको भूमिका विश्वकप फुटबलमा अरु कसैको भन्दा महत्वपूर्ण रहेको छ ।
रुसमा जारी विश्वकपमा पूर्व विजेता इटालीलाई देख्न पाइएको छैन । पछिल्लो ६० वर्षमा इटाली विश्वकपमा लागि छनौट हुन नसकेको यो पहिलो पटक हो ।
तर विश्वकपमा नभए पनि इटालीको भूमिका विश्वकप फुटबलमा अरु कसैको भन्दा महत्वपूर्ण रहेको छ ।
विश्वकपमा इटालीका केही रेफ्री छन् । त्यो भन्दा पनि ठूलो कुरा रुस विश्वकपमा विजेताले उचाल्ने विश्वकप ट्रफी इटालीकै हो । अर्थात त्यो ट्रफी जो विश्व विजेता बन्ने टिमले उचालेर घर लैजान्छ, बनेर आउने भनेको इटालीबाट हो ।
मिलान नजिकै रहेको सानो शहर पादेर्नो दुग्नियानोमा पहेँलो पर्खाल भएको एउटा फ्याक्ट्री छ । यो निकै कमले चासो दिने क्षेत्रमा पर्छ, तर त्यहिँ बनेको छ विश्वकप फुटबलको ट्रफी ।
विश्व फुटबलको प्रशासकीय निकाय फिफाको सम्पत्ति गोल्डेन ओरिजिनल ट्रफी, जो निकै कम मात्रै प्रदर्शन गरिन्छ, जसलाई सन् १९७० मा कलाकार सिल्भिओ गाज्जानिगाले नयाँ विश्वकप ट्रफीका लागि भएको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा जितेर बनाएका थिए ।
हरेक चार वर्षमा त्यसको प्रतिलिपि वा कपी गरिएको ट्रफी विश्व विजेता हुने टिमलाई फिफाले प्रदान गर्छ, यो ट्रफी ब्रास अर्थात पित्तलबाट बनेको हुन्छ ।
पादेर्नो दुग्नियानोमा रहेको पहेँलो पर्खालसहितको जिडिई बेर्तोनीमा विश्वकपको ट्रफी बनेको छ । त्यहाँका कलाकार तथा सहयोगीले लामो समय लगाएर ट्रफी तयार पारेका छन् ।












सबै तस्बिर : पाओलो भेज्जोली
Gyan Gurung
eyh nepal cup 33KG bhanda kam nai rahexa world cup