वन क्षेत्रका लागि संघीय संरचना ‘ठूलो’ प्रस्ताव गरिँदा स्थानीय तहमा कर्मचारी अपुग हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ५, २०७४
|
|
२६ पटक हेरिएको
Shares
वन क्षेत्रका लागि संघीय संरचना ‘ठूलो’ प्रस्ताव गरिँदा स्थानीय तहमा कर्मचारी अपुग हुने

सारांश

  • काठमाडौं : वन क्षेत्रका लागि संघीय संरचना ‘ठूलो’ प्रस्ताव गरिँदा स्थानीय तहमा कर्मचारी अपुग हुने देखिएको छ ।
  • वनको नीति तथा संगठन संरचना उपसमितिले प्रस्ताव गरेको संरचनाअनुसार वनसेवाका कर्मचारी प्रदेश तहमै अपुग हुँदा स्थानीय तहमा शून्य हुने देखिएको छ ।
  • वनसेवाका कर्मचारीको संख्यालाई ध्यान नदिइँदा प्रस्तावित संरचनाअनुसार स्थानीय तहमा एक जना पनि कर्मचारी पठाउन अपुग हुने देखिएको हो ।

काठमाडौं : वन क्षेत्रका लागि संघीय संरचना ‘ठूलो’ प्रस्ताव गरिँदा स्थानीय तहमा कर्मचारी अपुग हुने देखिएको छ । वनको नीति तथा संगठन संरचना उपसमितिले प्रस्ताव गरेको संरचनाअनुसार वनसेवाका कर्मचारी प्रदेश तहमै अपुग हुँदा स्थानीय तहमा शून्य हुने देखिएको छ ।

वनसेवाका कर्मचारीको संख्यालाई ध्यान नदिइँदा प्रस्तावित संरचनाअनुसार स्थानीय तहमा एक जना पनि कर्मचारी पठाउन अपुग हुने देखिएको हो । प्रस्तावित संरचनाअनुसार अघि बढे दोब्बर कर्मचारी अपुग हुनेछ । करिब आठ हजार वनसेवाका कर्मचारी केन्द्र र प्रदेशमै अपुग हुने देखिन्छ । संविधानले दरबन्दी बढाउन नपाउने उल्लेख गरेको तथा मन्त्रिपरिषद्को विभिन्न निर्णयले समायोजन गरिसकेपछि मात्र दरबन्दी सिर्जना हुने भएकाले व्यवस्थापनमा चुनौती थपिएको हो । यसले गर्दा ७४४ वटै स्थानीय तहमा प्रस्तावित वन वातावरण तथा भूसंरक्षण शाखा, वन तथा जैविक विविधता इकाइ र वातावरण तथा जलाधार इकाई र प्रदेशकै मुख्य-मुख्य कार्यालयमा कर्मचारी अपुग हुनेछ ।

प्रदेशमा प्रस्ताव गरिएको मन्त्रालयमा वन महाशाखा महानिर्देशक, वन विभागका महानिर्देशक र दुई उपमहानिर्देशक गरी चार जना सहसचिवको दरबन्दी रहनेछ । त्यस्तै, वन, वन्यजन्तु तथा जलाधार विभाग, वन तथा वन्यजन्तु महाशाखा, जलाधार तथा वातावरण महाशाखा र आवश्यकताअनुसार स्थापना गरिएका शाखामा ठूलो संख्यामा कर्मचारी खपत हुनेछ । सातै प्रदेशमा प्रस्ताव गरिएको दरबन्दीमा ४४ जना वनसेवाका सहसचिव आवश्यक पर्छ तर अहिले ३४ जना मात्र छन् । हाल कृषि र पशुपक्षी गरी दुई र वन, वातावरण दुई गरी चार सचिव छन् ।

तर, यो प्रस्तावित संघीय ढाँचामा वन तथा वातावरणमा मात्रै पाँच जना सचिवको दरबन्दी कायम गरिएको छ । कृषिले थप दरबन्दी कायम गर्दा सचिवको संख्या दोब्बर बढ्ने देखिएको छ । वन क्षेत्रमा मात्र १० सहसचिव अपुग हुनेछ । कृषिले सहसचिवको दरबन्दी कायम गरेपछि ठूलो संख्यामा अपुग हुने उपसमितिका सदस्य केदार कोइरालाले जानकारी दिनुभयो । चुस्त सरकार बनाउन सोहीबमोजिमको सांगठनिक संरचना बनाउनुपर्ने उहाँले बताउनुभयो ।

दरबन्दी थप गर्न नपाउने कानुनी व्यवस्थाले संघीय संरचनामा कर्मचारी व्यवस्थापन गर्न समस्या हुने पक्का भएको छ । प्रस्तावित संरचना मन्त्रालयले स्वीकृत गरी सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अन्तिम रूप दिने व्यवस्था छ ।

संविधानले भएका कर्मचारी खटाउने र काम चलाउने उल्लेख गरेको छ । जनशक्ति कसरी व्यवस्थापन गर्ने भन्नेबारे स्थानीय तहमा प्रशासनिक संगठन तथा कर्मचारी व्यवस्थापनसम्बन्धी आदेश ०७४ ले उल्लेख गरेकाले यसै आधारमा संघीय संरचना निर्माण गरिएको कोइरालाले बताउनुभयो ।
अन्नपूर्णपोस्ट बाट साभार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान संशाेधन गरेर दुईवटा प्रधानमन्त्री राख्नुसः काङ्ग्रेस सांसद भरतकुमार शाह !
संविधान संशाेधन गरेर दुईवटा प्रधानमन्त्री राख्नुसः काङ्ग्रेस सांसद भरतकुमार शाह !
भरतपुरमा रेणु दाहालको उम्मेद्वारी
भरतपुरमा रेणु दाहालको उम्मेद्वारी
मोहनविक्रम, मोहन वैद्य र विप्लव एकै ठाउँमा, गरे संयुक्त संघर्षको घोषणा
मोहनविक्रम, मोहन वैद्य र विप्लव एकै ठाउँमा, गरे संयुक्त संघर्षको घोषणा
गुगलका संस्थापककी श्रीमतीसँग एलोन मस्कले अफेयर चलाएपछि…
गुगलका संस्थापककी श्रीमतीसँग एलोन मस्कले अफेयर चलाएपछि…
भारतमा अभिभावकले विद्यालयका आफ्ना बच्चाको गतिविधि घरमै बसेर हेर्न पाउने
भारतमा अभिभावकले विद्यालयका आफ्ना बच्चाको गतिविधि घरमै बसेर हेर्न पाउने
खुमबहादुर खड्कालाई भेन्टिलेटरमा राखेर उपचार
खुमबहादुर खड्कालाई भेन्टिलेटरमा राखेर उपचार
पानीबाट चल्ने कार ल्याउँदै हुण्डाई, एकपटकमा १ हजार किलोमीटर गुड्ने
पानीबाट चल्ने कार ल्याउँदै हुण्डाई, एकपटकमा १ हजार किलोमीटर गुड्ने
आज माघेसंक्रान्ती हेर्नुहोस् कहाँ-कहाँ भिड लाग्छ ?
आज माघेसंक्रान्ती हेर्नुहोस् कहाँ-कहाँ भिड लाग्छ ?
बन्यो ! सन्सारको कुनै पनि कुनाबाट मोबाईल रिचार्ज गर्न सकिने एप्स..
बन्यो ! सन्सारको कुनै पनि कुनाबाट मोबाईल रिचार्ज गर्न सकिने एप्स..
सुनील कपिलको शोमा फर्किने पक्का!
सुनील कपिलको शोमा फर्किने पक्का!

तपाईंले छुटाउनुभयो कि?