संघीय संरचनामा पहिलो एसइई परीक्षा आजदेखि

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १०, २०७५
|
|
२२ पटक हेरिएको
Shares
संघीय संरचनामा पहिलो एसइई परीक्षा आजदेखि

सारांश

  • काठमाडौं ।
  • संघीय संरचना शुरु भएपछि पहिलो एसइई परीक्षा आजदेखि हुँदैछ ।
  • यस वर्षको माध्यमिक शिक्षा परीक्षा अथवा एसइई परीक्षा आजदेखि शुरु लागेको हो ।

काठमाडौं । संघीय संरचना शुरु भएपछि पहिलो एसइई परीक्षा आजदेखि हुँदैछ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अथवा एसइई परीक्षा आजदेखि शुरु लागेको हो । आज आइतबार बिहान ८ बजेदेखि हुने परीक्षामा पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुँदैछ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

यस वर्षदेखि पहिलो पटक संघीय संरचनाको स्वरुपअनुसार शुरु भई यही चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।

(leankitchenco)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?