इतिहास रच्ने योजनामा मनाङ मस्र्याङ्दी क्लब

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०७५
|
|
३४ पटक हेरिएको
Shares
इतिहास रच्ने योजनामा मनाङ मस्र्याङ्दी क्लब

सारांश

  • काठमाडौँ,९ पुस ।
  • सर्वाधिक सात पटकको लिग च्याम्पियन तथा डिफेण्डिङ च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लबले जारी ‘ए’ डिभिजन लिगमा एउटै सिजनमा सबै खेल जितेर नयाँ कीर्तिमान राख्ने लक्ष्य बनाएको छ ।
  • जारी लिगको १० औँ चरणसम्म आइपुग्दा सात पटकको लिग विजेता टोली मनाङ–मस्र्याङ्दीले अबको बाँकी तीनवटा खेल जित्दै ६४ वर्षे लिग इतिहासमा नयाँ रेकर्ड कायम गर्ने दाबी गरेको छ ।

काठमाडौँ,९ पुस । सर्वाधिक सात पटकको लिग च्याम्पियन तथा डिफेण्डिङ च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लबले जारी ‘ए’ डिभिजन लिगमा एउटै सिजनमा सबै खेल जितेर नयाँ कीर्तिमान राख्ने लक्ष्य बनाएको छ । जारी लिगको १० औँ चरणसम्म आइपुग्दा सात पटकको लिग विजेता टोली मनाङ–मस्र्याङ्दीले अबको बाँकी तीनवटा खेल जित्दै ६४ वर्षे लिग इतिहासमा नयाँ रेकर्ड कायम गर्ने दाबी गरेको छ ।

मनाङका प्रशिक्षक सुमन श्रेष्ठले भने “उपाधि लगभग सुरक्षित गरिसकेका छौँ । तर हाम्रो लक्ष्य अब उपाधि मात्र होइन, लिगमा बाँकी रहेको तीन खेल जितेर नयाँ कीर्तिमान बनाउने हो । अहिलेसम्म कसैले त्यसो गर्न सकेका छैनन् । हामी कुनै खेल बराबरी नखेल्ने, नहार्ने र सबै जितेर नयाँ कीर्तिमान बनाउन चाहन्छौँ ।” “हामीले थ्रीस्टार, त्रिभुवन आर्मी, नेपाल पुलिस जस्ता ठूला क्लबलाई पराजित गरिसकेका छौँ, त्यसैले बाँकी खेल पनि जित्नेछौँ”–उनले भने ।

“म मेरा खेलाडीलाई विश्वास गर्छु, खेलाडीहरुले मनबाट खेलिरहेका छन्” प्रशिक्षक श्रेष्ठले भने, “खेलाडीकै कारण यहाँसम्म आएका छौँ । कीर्तिमान बनाउने चाहना छ, खेलाडी, अफिसियल सबै उपाधि जित्ने मात्र हैन सबै खेल जितेर कीर्तिमान बनाउन चाहन्छन् ।”

मनाङले अब ११ औँ चरणमा सङ्कटा, १२ औँ चरणमा हिमालयन शेर्पा र १३ औँ चरणमा फ्रेन्ड्स क्लबसँग खेल्न बाँकी छ । सङ्कटाबाहेक दुवै कलब तुलनात्मकरुपमा कमजोर टोली हुन् ।

लिगको इतिहासमा बिनापराजित लिग जितेको इतिहास भए पनि लगातार १० वटा खेल जितेको रेकर्ड अहिलेसम्म नभएको फुटबलका पूर्व राष्ट्रिय खेलाडीहरुले बताए । “नेपालमा लिग फुटबल शुरु भएको भएको करिब ६४ वर्ष पुग्न लाग्यो । तर यसबीचमा लगातार १० वटा खेल जित्ने क्लब भने अहिलेसम्म कुनै भेटिएको छैन”– लिग निर्देशक सञ्जीव मिश्रले जानकारी गराए ।

मिश्रले नेपाली फुटबल लिगको इतिहासमा अहिलेसम्म लागातार १० वटा जित कुनै क्लबले जितेको आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘‘फुटबलको क्षेत्रमा लागेको ३०÷३५ वर्ष भयो, तर यसरी लगातार १० वटा जित कुनै पनि क्लबले जितेको मलाई थाहा छैन ।”

‘रेलिगेशन र ननरेलिगेशन लिगको तुलना हुँदैन’ पूर्व अध्यक्ष थापा

यसैबीच राष्ट्रिय खेलाडी हुँदै २० वर्ष अखिल नेपाल फुटबल सङ्घ एन्फाको नेतृत्व गरेको गणेश थापाले ‘बिनारेलिगेन र रेलिगेशसनलाई एउटै दृष्टिकोणबाट हेर्न नमिल्ने बताए ।

पूर्व अध्यक्ष थापाले करिब चार वर्षपछि लिग भएको रेलिगेशन नहुने लिग भएपछि धेरै क्लबहरुले खेलाडीमाथि पर्याप्त लागनी नगरेकाले लिगको रौनकता घटेको प्रक्रिया दिएका छन।

मनाङले १० वटा खेल लगातार जित्नु सकारात्मक कुरा भएको बताउँदै उनले भने, “रेलिगेशनको लिग भएको भए सबै क्लबहरुले अलि बढी लगानी गर्र्थे, राम्रा खेडालीबीच प्रतिष्पर्धा हुन्थ्यो, त्यो भएको छैन ।”बिना रेलिगेनशनको लिग हुँदा दर्शकको उपस्थित समेत न्युन भएको र लिगप्रति दर्शकको चासो कम भएको थापाको भनाइ छ ।

कति पय क्लबहरुले खेल्नैका लागि मात्र टोली बनाएकाले पनि मनाङले यो सफलता प्राप्त गरेको उनको भनाई रहेको छ ।

पूर्व अध्यक्ष थापाले पुरस्कार राशिप्रति पनि असन्तुष्टि व्यक्त गरे । “मेरो पालामा सात करोडको बजेट हुँदा लिग विजेतालाई रु ७५ लाख दिएका थियौँ, अहिले रु ४० करोडको बजेट हुँदा लिग विजेताले रु ५० लाख मात्र पाउँदै छ ।”

लिगको तीन खेल बाँकी रहँदा मनाङले १० खेलबाट अपराजित रहँदै ३० अङ्क जोडेको छ । शीर्ष स्थानको मनाङ दोस्रो स्थानको सङ्कटा फुटबल क्लबभन्दा पाँच अङ्कले अघि छ ।

तत्कालीन प्रधानमन्त्री पद्मशम्शेरले काठमाडौं उपत्यकामा त्यसबेला चलेको फुटबल लहरलाई प्रतिस्पर्धामा उतार्न २००४ सालमा रामजानकी कप फुटबल प्रतियोगिता गराएका थिए । २००७ सालको प्रजातन्त्रपछि पुलिस फोर्सले लगातार तीन वर्ष उपाधि जित्दै कप पचायो । एउटै व्यवस्थित कप पच भएपछि पुलिस फोर्सले यो वास्तविकतालाई बुझेर प्रतियोगितालाई निरन्तरता दिन शहीदको संस्मरणार्थ एउटा ट्रफी तत्कालीन नेपाल फुटबल सङ्घलाई दियो, जुन आजसम्म शहीद स्मारक नामले चलिरहेको छ ।

(https://mva.la)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँकै सामुदायिक विद्यालयमा सिभिल इञ्जिनियरिङ पढ्न पाएपछि खुशी
नेपाल र ट्रिनिडाड एण्ड टोबागोबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र ट्रिनिडाड एण्ड टोबागोबीच कूटनीतिक सम्बन्ध स्थापना
वैचारिक दृष्टिकोणमा छलफल चलिरहेको छ– नेता खनाल
वैचारिक दृष्टिकोणमा छलफल चलिरहेको छ– नेता खनाल
शुक्रवार ३५१७ कोरोना संक्रमित थपिए
प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल : परराष्ट्रमन्त्री साउद
प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल : परराष्ट्रमन्त्री साउद
दीपक मनाङे किन गएनन्  सपथ लिन ? यस्तो छ कारण…..!
दीपक मनाङे किन गएनन् सपथ लिन ? यस्तो छ कारण…..!
क्षयरोग केन्द्रका निर्देशकको कार्यकक्षमा युवा विद्यार्थी संगठनको तालाबन्दी
क्षयरोग केन्द्रका निर्देशकको कार्यकक्षमा युवा विद्यार्थी संगठनको तालाबन्दी
प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
एकीकरणको अभियानमा राप्रपा, सफल होलान् कमल थापा?
एकीकरणको अभियानमा राप्रपा, सफल होलान् कमल थापा?
सरकारकाे कामकारबाहीमा प्रचण्डकाे असन्तुष्टि
सरकारकाे कामकारबाहीमा प्रचण्डकाे असन्तुष्टि

तपाईंले छुटाउनुभयो कि?