को–को हुन् माओवादीको केन्द्रीय समितिमा थपिएका २४ जना महिला ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १९, २०८०
|
|
३३ पटक हेरिएको
Shares
को–को हुन् माओवादीको केन्द्रीय समितिमा थपिएका २४ जना महिला  ?

सारांश

  • काठमाडौं ।
  • नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २४ जना महिला थप गरेको छ ।
  • स्रोतका अनुसार केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २४ जना महिला थपेको हो ।

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २४ जना महिला थप गरेको छ ।

स्रोतका अनुसार केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २४ जना महिला थपेको हो । थपिएका केन्द्रीय महिलाहरू आजदेखि केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् ।

माओवादी केन्द्रले आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गिताकुमारी कँडेल चौलागाईं, गिता शाही, छमकुमारी खनाललाई केन्द्रीय सदस्य थप गरेको हो । त्यस्तै, दिलमाया बूढामगर, नीरमाया श्रीस, नीशा न्यौपाने, पार्वती थापा, भगवती तिवारी, मोतिकला चलाउने, लालकुमारी पुन, लिला शर्मा, सपना परियार पनि केन्द्रीय कमिटीमा थपिएका छन्। सीता दाहाल, सुशिला घिमिरे, सुशीला पौडल, सूर्यकुमारी विक, शरू चौधरी पनि थपिएका केन्द्रीय सदस्य हुन्।

यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेका थिए । हाल माओवादी केन्द्रको केन्द्रीय समितिमा ३८५ जना छन्, २४ जना महिला थप गरेपछि ४०९ सदस्यीय हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?