पानीको जोहो गर्न दुई घण्टा

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २७, २०८०
|
|
३४ पटक हेरिएको
Shares
पानीको जोहो गर्न दुई घण्टा

सारांश

  • गल्याङ ।
  • स्याङ्जाको गल्याङ नगरपालिका–३ पाल्पाली डाँडाका स्थानीयले खानेपानीको जोहो गर्न दुई घण्टा बिताउने गरेका छन् ।
  • गल्याङ बजारबाट पाल्पाली डाँडा करिब तीन सय मिटर दूरीमा पर्दछ ।

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–३ पाल्पाली डाँडाका स्थानीयले खानेपानीको जोहो गर्न दुई घण्टा बिताउने गरेका छन् ।

गल्याङ बजारबाट पाल्पाली डाँडा करिब तीन सय मिटर दूरीमा पर्दछ । यहाँका अधिकांशले ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरेहका छन् ।

भालेको डाँकोसँगै उठेर बिहान ९–१० बजेसम्म सबैको समय पानीको खोजीमा बित्छ । बस्ती बसेदेखि अहिलेसम्म यहाँका स्थानीय दुई अढाई घण्टा पिउने पानीको खोजीमा बिताउँछन् ।

‘बर्खा होस्, या हिउँद डोकोमा पानी नबोकी सुक्खा छैन, बर्खामा अलि नजिकको मुहानमा पानी पाइए पनि हिउँदमा पानी कहाँ छ भन्दै खोज्दै हिँड्नुपर्छ’, स्थानीय ४८ वर्षीया चनिसरा गाहाले भने, ‘पानीको व्यवस्था गरिदिन नगरपालिकासँग धेरै अनुरोध गर्‍यौँ तर पनि पिउने पानी डोकोमा नबोकी खानै पाइँदैन ।’

उनले हिउँदको समय पानी खोज्न दुईरअढाई घण्टा लाग्ने बताउँदै एउटा मुहानमा पानी नभए अर्कोमा जानुपर्ने बाध्यता रहेको सुनाए । ‘स्कुल जाने केटाकेटीलाई पानी लिन पठायो दश उतै बजाउँछन्, पानीका कारण राम्रोसँग पढ्न पनि पाउँदैनन्’, गाहाले भने ।

स्थानीय ६९ वर्षीया चेतकुमारी गाहाले पाल्पाली डाँडामा बस्न थालेदेखि पानी बोकेरै खाएको दुःखेसो गरे । ‘पानी बोकेरै जीवन बिताउनु पर्ने भयो, घरमै आएको पानी थाप्ने दिन कहिले आउला ?’, उनले प्रश्न गरे, ‘यो डाँडामा बोल्ने मान्छे पनि कोही नभएर होला, खानेपानीमा सधैँ सास्ती खेप्नु परेको छ ।’

स्थानीय ५५ वर्षीय अमर थापाले आँधीखोला लिफ्टिङ खानेपानीले वस्तुभाउलाई खुवाउन सहज बनाएको बताए । ‘मान्केखोलाको पानी पिउनयोग्य खासै मानिँदैन, नौ घरको संयुक्त एकमात्र धारा छ, वस्तुभाउलाई खुवाउन सबैले डोकोमै बोक्ने गरेका छौँ’, उनले भने, ‘मान्केखोलाको पानी आएको पनि धेरै भएको छैन, कल्लेरीको पानी ल्याउने भनेर घरघरै धारा बनाएका छन् ।’ उनले कल्लेरीको पानी आए पिउने पानीको समस्या हट्ने बताए ।

तुल्सीभञ्ज्याङ खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष लिलाबल्लै अर्यालले ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत पाल्पाली डाँडामा पिउने पानी वितरणका लागि तयारी भइरहेको जानकारी दिए । अबको एक महिनाभित्र सबैका घरघरमा पानीको धारा आइपुग्ने उनले दाबी गरे ।

गल्याङ नगरपालिका–३ का वडाअध्यक्ष कृष्ण भट्टराईले तुल्सीभञ्ज्याङ खानेपानी तथा सरसफाइ आयोजनाको पानी अपुग भएमा कोसेढुङ्गाको पानी लिफ्टिङ गरेर पाल्पाली डाँडामा ल्याउने योजना बनाइएको जानकारी दिए । अब केही महिनाभित्रै गाउँमा खानेपानीको समस्या अन्त्य हुने उनको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली शरणार्थी प्रकरणः खाँणकाे सबालमा न्यायधिस बिचमा राय बाझियाे
नक्कली शरणार्थी प्रकरणः खाँणकाे सबालमा न्यायधिस बिचमा राय बाझियाे
चालु आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने
चालु आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने
कोरोना भाइरस नेपालमा देखिएको छैन : उच्च सतर्कताको तयारीमा सरकार
कोरोना भाइरस नेपालमा देखिएको छैन : उच्च सतर्कताको तयारीमा सरकार
भारत सरकारले गर्यो जम्मू–कश्मीर राज्यलाई विशेषाधिकार दिने प्रावधान खारेज
भारत सरकारले गर्यो जम्मू–कश्मीर राज्यलाई विशेषाधिकार दिने प्रावधान खारेज
यस्तो बन्नेछ प्रदेश सरकार
यस्तो बन्नेछ प्रदेश सरकार
सर्वाधिक कमाई गर्ने यी हुन् सात नेपाली चलचित्र
सर्वाधिक कमाई गर्ने यी हुन् सात नेपाली चलचित्र
दीपक मनाङेले कुटे कर्मचारी
दीपक मनाङेले कुटे कर्मचारी
सामान्य सुब्बाबाट जागिर सुरु गरेका कार्की कसरी भए अर्बौ रुपैयाँले मालामाल ?
सामान्य सुब्बाबाट जागिर सुरु गरेका कार्की कसरी भए अर्बौ रुपैयाँले मालामाल ?
त्रिविले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवैमा सोध्ने तयारी
त्रिविले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवैमा सोध्ने तयारी
पेचिलो बन्दै प्रदेश नं २ को कामकाजको भाषा, नाम र स्थायी राजधानी
पेचिलो बन्दै प्रदेश नं २ को कामकाजको भाषा, नाम र स्थायी राजधानी

तपाईंले छुटाउनुभयो कि?