इन्डोनेसियामा हराएको विमान फेला, आठ जनाको मृत्यु !

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
४३ पटक हेरिएको
Shares
इन्डोनेसियामा हराएको विमान फेला, आठ जनाको मृत्यु !

सारांश

  • जकार्ता, २७ साउन ।
  • इन्डोनेसियामा शनिबार हराएको एक विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
  • साथै सो विमानमा सवार आठजना यात्रुको शव पनि भेटिएको समाचारमा जनाइएको छ ।

जकार्ता, २७ साउन । इन्डोनेसियामा शनिबार हराएको एक विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । साथै सो विमानमा सवार आठजना यात्रुको शव पनि भेटिएको समाचारमा जनाइएको छ । पूर्वी इन्डोनेसियाको पहाडी इलाकामा सो विमान आइतबार विहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । पूर्वी इन्डोनेसियाको एक दुर्गम पपुवा प्रान्ततर्फ जाँदै गरेको सो विमान शनिबार अपराह्नदेखि हराएको थियो । करिब ४० मिनेटको मात्र उडानका लागि विमान शनिबार अपराह्न उडेको थियो । तर उडेलगत्तै विमान सम्पर्कबिहीन भएको थियो । इन्डोनेसियाको ओक्सिबील उपजिल्लाको एक घना जङ्गल भएको पहाडमा विमान खसेको थियो । विमानका भग्नावशेषहरु भेटिएको र उद्धारको काम जारी रहेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । तर सो विमानमा रहेका एकजना १२ वर्षीय यात्रु भने जीवितै रहेका एकजना सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

पपुवाका सैनिक प्रवक्ता लेफ्टिनेन्ट कर्णेल दाक्स सियान्तुरीले भन्नुभयो– हामी दुर्घटनाग्रस्त भएको जहाजको भग्नावशेषसम्म नै पुग्न सफल भएका छौँ, त्यस दुर्घटनाबाट आठजनाको ज्यान गएको छ भने एकजना यात्रु जीवितै उद्धार गर्न सकिएको छ । सो विमान दुर्घटनाको कारण पत्ता लागेको छैन । विमान दुर्घटना बारे अनुुसन्धान गर्न उड्डयन केन्द्रले एक अनुसन्धान समिति गठन गरेको छ । उक्त विमान एक निजी कम्पनीको रहेको थियो । त्यसमा सात जना यात्रु र दुई जना चालक दलका सदस्य रहेका थिए । उद्धारकर्ताहरु उक्त विमान खसेको स्थानमा पुग्न कम्तीमा पनि दुई घन्टा लागेको थियो । विमान खसेको स्थान देखेपछि पनि पहाडको निकै अप्ठेरोमा विमानका भग्नावशेष देखिएकोले त्यहाँ पुग्न पनि समय लागेको सैनिक अधिकारीले जनाएका छन् ।

इन्डोनेसियाको पपुवा प्रान्त निकै दुर्गममा रहेकोले त्यहाँ पुग्न नै कठिन हुने गर्दछ । उता इन्डोनेसियामा हवाई सुरक्षाको अवस्था निकै कमजोर रहेकोले बर्सेनि यहाँ हवाई दुर्घटनाबाट नागरिकको ज्यान जाने गरेको छ । सोही पपुवा क्षेत्रमा गत वर्षको जुलाइमा भएको एक सानो विमान दुर्घटनामा पर्दा पाँच जनाको ज्यान गएको थियो । त्यसैगरी सन् २०१५ को अगष्टमा पनि इन्डोनेसियामा भएको विमान दुर्घटनामा ५४ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुलुकमा बाढीको खतरा देखेपछि गृहमन्त्रालयले ग¥यो यस्तो अपिल (विज्ञप्तिसहित)
मुलुकमा बाढीको खतरा देखेपछि गृहमन्त्रालयले ग¥यो यस्तो अपिल (विज्ञप्तिसहित)
सार्वजनिक जग्गामा मनपरि गर्ने २० जनाविरुद्ध सार्वजनिक मुद्दा
सार्वजनिक जग्गामा मनपरि गर्ने २० जनाविरुद्ध सार्वजनिक मुद्दा
अन्तर्राष्ट्रिय खुला फ्रण्डसिप तेक्वान्दो च्याम्पियनसिप सोलमा हुने
अन्तर्राष्ट्रिय खुला फ्रण्डसिप तेक्वान्दो च्याम्पियनसिप सोलमा हुने
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२: नेपालसँग स्कटल्याण्ड पराजित
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२: नेपालसँग स्कटल्याण्ड पराजित
वन्यजन्तुको क्षति न्यूनीकरणमापर्खाल सहितको जाली
वन्यजन्तुको क्षति न्यूनीकरणमापर्खाल सहितको जाली
गृहमन्त्री बालकृष्ण खाँण कार्यबाहक प्रधानमन्त्री
गृहमन्त्री बालकृष्ण खाँण कार्यबाहक प्रधानमन्त्री
आफ्नै रेकर्ड तोडिसकेका प्रधानमन्त्री देउवाले बनाए इतिहासकै जम्बो मन्त्रिपरिषद;
आफ्नै रेकर्ड तोडिसकेका प्रधानमन्त्री देउवाले बनाए इतिहासकै जम्बो मन्त्रिपरिषद;
मिस वर्ल्ड बनिन् मेक्सिकोकी भेनिसा
मिस वर्ल्ड बनिन् मेक्सिकोकी भेनिसा
Methods to Date a lady and Have a Conversation
मन्त्रीका लागि क्रान्ति होइन, क्रान्तिका लागि मन्त्री बनौं : प्रचण्ड
मन्त्रीका लागि क्रान्ति होइन, क्रान्तिका लागि मन्त्री बनौं : प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?