इन्द्रावती नदीले खेत कटान

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ५, २०७९
|
|
२१ पटक हेरिएको
Shares
इन्द्रावती नदीले खेत कटान

सारांश

  • काभ्रेपलाञ्चोक ।
  • इन्द्रावती नदीले मण्डनदेउपुर नगरपालिका–१० हल्देटारस्थित सयभन्दा बढी रोपनी खेत कटान गरेको छ ।
  • मनसुनी वर्षाका कारण उक्त नदीमा आएको बाढीले सुकुटेबगरमा धान रोपिएको खेत कटान गरेको हो ।

काभ्रेपलाञ्चोक । इन्द्रावती नदीले मण्डनदेउपुर नगरपालिका–१० हल्देटारस्थित सयभन्दा बढी रोपनी खेत कटान गरेको छ । मनसुनी वर्षाका कारण उक्त नदीमा आएको बाढीले सुकुटेबगरमा धान रोपिएको खेत कटान गरेको हो ।

स्थानीय २५ किसानको करिब एक सय रोपनीभन्दा बढी धान खेत नदीले कटान गरी क्षति पुर्‍याएको नगर सहकारी समन्वय समितिका अध्यक्ष सुमन नेपालले जानकारी दिए। उनका अनुसार केही किसानको भएको सबै खेतसमेत नदीले बगाएको हो । उक्त क्षेत्रमा नदीले खेत कटान समस्या केही वर्षदेखिकै रहेको नेपालले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?