जापानमा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु, ८७० बढी संक्रमित

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १४, २०७६
|
|
१८ पटक हेरिएको
Shares
जापानमा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु, ८७० बढी संक्रमित

सारांश

  • टोकियो ।
  • जापानमा कोरोना भाईरसबाट संक्रमितको संख्या बढेर ८ सय ७० पुगेको छ।
  • बुधबार बिहानसम्म जापानमा कोरोना संक्रमणबाट ५ जनाको ज्यान गएको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

टोकियो । जापानमा कोरोना भाईरसबाट संक्रमितको संख्या बढेर ८ सय ७० पुगेको छ।

बुधबार बिहानसम्म जापानमा कोरोना संक्रमणबाट ५ जनाको ज्यान गएको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मंगलबार खानागावा प्रिफेक्चरमा कोरोना भाइरसबाट संक्रमित ८० बर्षिय महिलाको निधन भएको छ।

मृतक महिलाको योकोहामा तटमा रोकिएको कोरोना संक्रमण फैलिएको डाईमण्ड प्रिन्सेस पानीजहाजबाट उद्दार गरि उपचार भईरहेको थियो।

हालसम्म यो पानी जहाजमा संक्रमित पाईएका ४ जनाको मृत्यु भएको छ ।

उक्त पानी जहाँजका ३७ सय ११ यात्रु मध्ये ७ सय ९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?