इन्धन मिसावट गरेपछि पेट्रोल पम्प सिल

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ५, २०७७
|
|
२६ पटक हेरिएको
Shares
इन्धन मिसावट गरेपछि पेट्रोल पम्प सिल

सारांश

  • पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ ।
  • जिल्ला प्रशासन कार्यालयले अनुगमनका क्रममा मिसावट गरेको पाएपछि शङ्कर आयल स्टोर्सलाई बन्द गरिएको हो ।
  • डिजेल मिसावटले मोटरसाइकलको इञ्जिनमा खराबी आएपछि स्थानीय उपभोक्ताले प्रशासनमा उजुरी दिएका थिए ।

पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले अनुगमनका क्रममा मिसावट गरेको पाएपछि शङ्कर आयल स्टोर्सलाई बन्द गरिएको हो । डिजेल मिसावटले मोटरसाइकलको इञ्जिनमा खराबी आएपछि स्थानीय उपभोक्ताले प्रशासनमा उजुरी दिएका थिए ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्रीशम्शेर राणा नेतृत्वको अनुगमन टोलीले मङ्गलबार पेट्रोलको नमूना सङ्कलन गरेको थियो । सङ्कलित नमूना नेपाल आयल निगमको काठमाडौंस्थित प्रयोगशालामा पठाउन निगमको प्रदेश कार्यालय सुर्खेतको जिम्मा लगाइएको छ । प्रशासकीय अधिकृत राणाले अर्को आदेश नहुञ्जेलका लागि उक्त आयल स्टोर्स बन्द गरिएको जानकारी दिनुभयो ।

अनुगमन टोली समक्ष पम्प सञ्चालक डम्मर महताराले डिजल ट्यांकरबाट तेल खन्याउँदा डिजेलको टंकीमा राख्नुपर्नेमा भुलवश पेट्रोलको टंकीमा मिसिन पुगेको बताउनुभयो । मिसावटयुक्त पेट्रोल नबेच्न आफ्ना कर्मचारीलाई निर्देशन दिइए पनि नयाँ कर्मचारीले केही उपभोक्तालाई पेट्रोल बेचेको उहाँको भनाइ छ । बिक्रेताले इन्धनमा मिसावट गरेको रिपोर्ट प्रमाणित भएमा पहिलो पटकका हकमा रु एक लाख जरिवानासहित एक महिनासम्म पेट्रोल पम्प बन्द गरिने कानूनी प्रावधान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?