भारतीय लोकसभा चुनावः बिजेपी बहुमत नजिक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ९, २०७६
|
|
५५ पटक हेरिएको
Shares
भारतीय लोकसभा चुनावः बिजेपी बहुमत नजिक

सारांश

  • काठमाडौं ।
  • भारतीय लोकसभा निर्वाचनको मतणना शुरु भएको छ ।
  • पछिल्लो शुरुआती रुझानअनुसार सत्तारुढ दल भाजपाले अग्रताको संख्या २०० पुगेको छ ।

काठमाडौं । भारतीय लोकसभा निर्वाचनको मतणना शुरु भएको छ । पछिल्लो शुरुआती रुझानअनुसार सत्तारुढ दल भाजपाले अग्रताको संख्या २०० पुगेको छ । भारतीय सञ्चार माध्यमका अनुसार पछिल्लो रुझानअनुसार भाजपा २०२ स्थानमा अगाडि देखिएको छ भने काँग्रेस ८५ स्थानमा अगाडि देखिएको छ । राहुल गान्धी अमेठीमा स्मृति इरानीसँग पछाडी परेका छन् । उनी वायनाड भने अगाडि छन् ।

अमेठिबाट लोकसभा निर्वाचनमा रहेका काँग्रेस आईका अध्यक्ष राहुल गान्धीले अग्रता बनाएका छन्। उनको प्रतिस्पर्धामा सत्तारुढ दल भाजपाकी नेतृ स्मृति इरानी छन् । पहिलो रुझानअनुसार काँग्रेस र भाजपाबीच प्रतिस्पर्धा देखिएको छ । भाजपा ३३ र काँग्रेस २० स्थानमा अगाडि देखिएको छ । भारतले बिहीबार १७ औं लोकसभा पाउँदै छ । करिब डेढ महिना लामो मतदान पक्रिया सकिएपछि बिहीबार बिहान ८ बजेबाट मतगणना शुरु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । कुल ५४३ सिट मध्ये ५४२ सिटका लागि मतदान भएको छ । करिब ८ हजार उम्मेदवार चुनावी मैदानमा छन् ।

मुख्य प्रतिस्पर्धा सत्तारुढ दल भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) र काँग्रेस नेतृत्वको सँयुक्त प्रगतिशील गठबन्धन (यूपीए)बीच हुनेछ । केही राज्यहरुमा क्षेत्रीय दलहरुले प्रतिस्पर्धा त्रिकोणीय बनाएका छन् । खास गरी उत्तरप्रदेश, पश्चिम बंगाल, बिहार र महाराष्ट्रको चुनावी नतिजाले आगामी सरकारको तस्वीर निर्धारण गर्नेछ ।

मतदानपछि भारतीय च्यानलहरुले सार्वजनिक गरेको एक्जिट पोलहरुले सत्तारुढ गठबन्धन नै विजयी हुने र नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्ने अनुमान गरेका छन् । तर, विपक्षी पार्टीहरुले भने कुनै पनि पार्टीको बहुमत नआउने भन्दै सरकार बाउनका लागि दावी तयारी गरेका छन् । उनीहरुले रष्ट्रपतिलाई सरकार बनाउनका लागि आफुहरुलाई बोलाउन पत्र लेख्ने तयारीसमेत गरेका छन् ।

यता काँग्रेस वरिष्ठ नेता अजय माकनले बिहीबार बिहान पत्रकारहरुसँग कुरा गर्दै चुनावी नतिजा काँग्रेसको पक्षमा आए राहुल गान्धी प्रधानमन्त्री बन्ने बताएका छन् । माकन आफै दिल्लीबाट चुनावी मैदानमा छन् ।

मतगणना शुरु भइसकेको छ । मतगणनाको पहिलो चरणममा मतपत्रको गणना हुने भएकाले पहिलो रुझान आइसकेको छ । पहिलो रुझानअनुसार एनडीए १२ स्थानमा अगाडि देखिएको छ भने यूपीए ४ मा अगाडि देखिएको छ। मतपत्रको गणना सकिएपछि विद्युतीय मतदान मेसिनको मतगणना शुरु हुनेछ । त्यसपछि भने तिब्ररुपमा रुझान तथा मतपरिणाम आउने छ । शुक्रबार बिहानसम्म सम्पूर्ण मतपरिणाम आइसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?