विसिजी खोप लगाएपछि एकैदिन दुई शिशुको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १६, २०७५
|
|
१७ पटक हेरिएको
Shares
विसिजी खोप लगाएपछि एकैदिन दुई शिशुको मृत्यु

सारांश

  • काठमाडौं ।
  • खोटाङमा बालबालिकालाई लगाउने विसिजी खोप लगाएको दुई दिनपछि एकै दिनमा दुईजना नवजात शिशुको मृत्यु भएको छ ।
  • खोटाङको केपीलासगढी गाउँपालिका–१ फेदीमा सँगै खोप लगाएपछि महिनादिन नपुगेका दुईजना शिशुको एकै दिनमा मृत्यु भएको हो ।

काठमाडौं । खोटाङमा बालबालिकालाई लगाउने विसिजी खोप लगाएको दुई दिनपछि एकै दिनमा दुईजना नवजात शिशुको मृत्यु भएको छ । खोटाङको केपीलासगढी गाउँपालिका–१ फेदीमा सँगै खोप लगाएपछि महिनादिन नपुगेका दुईजना शिशुको एकै दिनमा मृत्यु भएको हो ।

दुवैजना शिशुलाई असोज १० गते विसिजी खोप लगाइएको थियो । स्वास्थ्यकर्मीको लापरवाहीका कारण उनीहरुको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । दुवैको खोप लगाएपछि मृत्यु भएपछि जिल्ला अस्पताल खोटाङबाट स्वास्थ्यकर्मीको टोली पठाइएको छ । 

साविकको फेदी–१ का १७ दिनको छोरा र साविकका फेदी–३ की २८ दिनको छोरीको असोज १२ गते शुक्रबार मृत्यु भएपछि अनुसन्धानका लागि सोमबार जिल्ला अस्पताल खोटाङबाट दुई डाक्टर सहितको टोली पठाइएको छ । सोमबार जिल्ला अस्पताल खोटाङका डा नवीन देवकोटा, विश्वनाथ यादव लगायतको टोली फेदीतर्फ पठाइएको हो ।

घटनाको अनुसन्धानका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जिल्ला अस्पताल खोटाङले जनाएको छ । एउटै खोप केन्द्रका खोप लगाएका दुई शिशुको मृत्युका कारण खुल्न नसकेको स्वास्थ्यचौकी फेदीले जनाएको छ ।

विसिजी खोप विभिन्न रोगसँग लड्ने क्षमता बढाउन भन्दै लगाउने गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?