रानीपोखरी पुनःनिर्माण नहुँदै २ करोड रुपैयाँ डुब्यो
सारांश
- काठमाडौं ।
- काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणमा दुई करोड डुबाएको छ ।
- रानीपोखरी पुननिर्माण गर्न तीन वर्ष अघि निर्माण व्यवसायी वल्र्डवाइड कडेल के एन्ड केजी जेभीसँग ६ करोड २९ लाख रुपैयाँमा सम्झौता भएको थियो ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणमा दुई करोड डुबाएको छ । रानीपोखरी पुननिर्माण गर्न तीन वर्ष अघि निर्माण व्यवसायी वल्र्डवाइड कडेल के एन्ड केजी जेभीसँग ६ करोड २९ लाख रुपैयाँमा सम्झौता भएको थियो ।
पुरातत्व विभागले परम्परागत शैलीमा बनाउन निर्देशन दिएपछि गत पुसमा ठेक्का रद्द भएपछि रकम डुबेको हो ।
१० वैशाख ०७३ मा सम्झौता भएपछि काम सुरु गर्ने भन्द महानगरपालिकाले २ करोड ३ लाख भुक्तानी दिएको थियो ।
ठेक्का रद्द भएपछि निर्माण कम्पनीलाई भुक्तानी गरेको रकम महानगरपालिकालाई नोक्सानी भएको महालेखा परीषकको प्रतिवेदनमा उल्लेख छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया