इयूको सुझावप्रति बाबुरामको कटाक्ष : गुड र गोबर नचिन्नेले थुतुनो नचलाएकै वेश !
सारांश
- काठमाडौं : युरोपियन युनियन(इयू)ले नेपालमा खस आर्य समुदायको समानुपातिक प्रतिनिधित्वको व्यवस्था हटाउन दिएको सुझावप्रति नयाँ शक्तिका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टाईले कडा प्रतिक्रिया दिएका छन् ।
- बाबुरामसहित केही दलका नेताले सामाजिक सञ्जाल मार्फत इयूको उक्त सुझावको अडान टिप्पणी गरेका छन् ।
- निर्वाचनको पर्यवेक्षणका लागि नेपालमा आएको युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले मंगलबार प्रतिवेदन बुझाउँदै खसआर्यलाई समानुपातिक कोटाबाट हटाउन सुझाव दिएको थियो ।
काठमाडौं : युरोपियन युनियन(इयू)ले नेपालमा खस आर्य समुदायको समानुपातिक प्रतिनिधित्वको व्यवस्था हटाउन दिएको सुझावप्रति नयाँ शक्तिका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टाईले कडा प्रतिक्रिया दिएका छन् ।
बाबुरामसहित केही दलका नेताले सामाजिक सञ्जाल मार्फत इयूको उक्त सुझावको अडान टिप्पणी गरेका छन् । निर्वाचनको पर्यवेक्षणका लागि नेपालमा आएको युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले मंगलबार प्रतिवेदन बुझाउँदै खसआर्यलाई समानुपातिक कोटाबाट हटाउन सुझाव दिएको थियो ।
बाबुराम, राप्रपा अध्यक्ष कमल थापा, एमालेका सचिव योगेश भट्टराई लगायतले ट्विटरमार्फत इयूको सुझावको कडा आलोचना गरेका छन् । नेताहरुले इयू सुझावलाई हस्तक्षेपको रुपमा लिएका छन् । उनीहरुले नेपालको संविधानले गरेको समानुपातिक समावेशी प्रतिनिधित्वको विषय मात्र बोल्नु उपयुक्त नहुने बताएका छन् ।

बाबुरामले इयू सुझावलाई आपत्तिजनक उर्दीको रुपमा टिप्पणी गरेका छन् । उनले नेपालको संविधान आरक्षणको व्यवस्था नभएको बताउँदै समानुपातिक प्रतिनिधित्वको कुरालाई विदेशी नियोगले आरक्षण आपत्तिजनक भएको भन्दै विरोध जनाएका हुन् ।
राप्रपा अध्यक्ष कमल थापाले संविधानमा भएको व्यवस्था खारेज गर्न इयूले सुझाव दिनु अवान्छित, अनावश्यक र हस्तक्षेपकारी भएको भन्दै आलोचना गरेका छन् । उनले जातीय रुपमा विवाद र विभाजन ल्याउने काम इयूले गरेकोले सचेत हुन नेपाली जनतालाई आग्रह गरेका छन् ।

नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले खस आर्य समुदायको सम्बन्धमा इयूले टिप्पणी गर्नु दुर्भाग्यपूर्ण भएको बताए । उनले इयूको भनाइले जातीय एकता र साम्प्रदायिक सदभावमा गम्भिर असर पर्न सक्ने भन्दै उक्त भनाइ फिर्ता लिन माग गरेका छन् ।अन्नपूर्ण पोस्ट बाट

Saraswoti Adhikari
Aafno gharko ghadama chimikilai ghusayapachi yesti huncha,afno swarthako lagi aurulai ghusayu,futauo ra raj garako udshaya safal bhayeko nataja ho,aaba pani chrt chaina,thukka,
Madhab Bhatt
good