इतिहास रच्दै प्रिन्स दाहाल

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १४, २०७५
|
|
४१ पटक हेरिएको
Shares
इतिहास रच्दै प्रिन्स दाहाल

सारांश

  • ब्याडमिन्टनका उदियामान युवा खेलाडी प्रिन्स दाहाल दुवईं जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तर्गतको यु–१५ पुरुष एकलमा च्याम्पियन बनेका छन् ।
  • प्रिन्सले आइतबार इन्डोनेसियाका खेलाडी क्रिस्टियन अगस्टिनसलाई २–० को सोझो सेटमा पराजित गर्दै सिजिजको यु–१५ ब्वाइजतर्फ च्याम्पयन बन्न सफल भएका हुन् ।
  • दुवई इन्टरनेसन ब्याडमिन्टन सिरिजमा च्याम्पियन बनेसँगै प्रिन्सले नेपालको ब्याडमिन्टन इतिहासमा नयाँ इतिहास काय गरेका छन् ।
ब्याडमिन्टनका उदियामान युवा खेलाडी प्रिन्स दाहाल दुवईं जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तर्गतको यु–१५ पुरुष एकलमा च्याम्पियन बनेका छन् ।

प्रिन्सले आइतबार इन्डोनेसियाका खेलाडी क्रिस्टियन अगस्टिनसलाई २–० को सोझो सेटमा पराजित गर्दै सिजिजको यु–१५ ब्वाइजतर्फ च्याम्पयन बन्न सफल भएका हुन् । दुवई इन्टरनेसन ब्याडमिन्टन सिरिजमा च्याम्पियन बनेसँगै प्रिन्सले नेपालको ब्याडमिन्टन इतिहासमा नयाँ इतिहास काय गरेका छन् । यसअघिका कुनैपनि संस्करणमा नेपालका ब्याडमिन्टन खेलाडी च्याम्पियन बन्न सफल भएका थिएनन् । प्रिन्स च्याम्पियन बन्दै कीर्तिमान रच्न सफल भएका हुन् । यसअघि सिनियरतर्फ दिपेश धामी र शोभा गौचनको जोडीले गतवर्ष पाकिस्तानमा भएको पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा स्वर्ण पदक जितेको थियो । प्रिन्सले इन्डोनेसियाका खेलाडीलाई पराजित गर्न लामो समय खर्चिएनन् । एकपक्षीय बनेको खेलमा प्रिन्सले शुरुवातदेखि नै आक्रमक खेल खेल्दै पहिलो सेटमा २१–११ को सहज जित निकालेको थियो । दोस्रो सेटमा पनि प्रिन्स २१–११ ले विजयी हुन सफल भयो । सिरिजमा सहभागिता जनाउने उनी एक्ला नेपाली खेलाडी हुन् । उनले खेल तालिकामा पहिलो सिड प्राप्त गरेका थिए । बुधबारबाट शुरु भएको सिरिजमा इन्डोनेसिया, भारत, पाकिस्तान, स्वीडेन, इंग्ल्यान्ड, केन्या, इजिप्ट, युएईं साउदी अरब, बहराइन, अल्जेरया जस्ता राष्ट्रका खेलाडीहरुको सहभागिता रहेको छ । प्रिन्स गत साता मात्रै तेस्रो संस्करणको जेस्ट ब्याडमिन्टनमा यु–१५ पुरुषतर्फ च्याम्पियन बनेको थियो उनी पुरुष सिंगल्र्समा पनि सेमिफाइनलमा पुग्न सफल भएको थियो ।

(समीप गौतम) शिखरन्युज
न्युज सोर्स : कामलेश निरौलाको सहयोगमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले प्राप्त गरेको सुशासन अवार्डमा सवा करोड थप गरी कोष गठन गरिने
प्रधानमन्त्री ओलीले प्राप्त गरेको सुशासन अवार्डमा सवा करोड थप गरी कोष गठन गरिने
यी हुन कांग्रेसले जितेका स्थानीय तहहरु (सूचिसहित )
यी हुन कांग्रेसले जितेका स्थानीय तहहरु (सूचिसहित )
अन्तिम खेल मुम्बईले जितेपछि यस्तो बन्यो यस्तो समिकरण
अन्तिम खेल मुम्बईले जितेपछि यस्तो बन्यो यस्तो समिकरण
प्रहरी र अध्यागमन अधिकृतबीच कुटपिट घटनाबारेको प्रतिवेदन गृहमन्त्रीसमक्ष पेश
प्रहरी र अध्यागमन अधिकृतबीच कुटपिट घटनाबारेको प्रतिवेदन गृहमन्त्रीसमक्ष पेश
मिलनबिन्दु नभेटिँदा तनावमा प्रचण्ड
मिलनबिन्दु नभेटिँदा तनावमा प्रचण्ड
एट्लेटिको मड्रिडले बार्सिलोनासँगको दूरी घटायो
एट्लेटिको मड्रिडले बार्सिलोनासँगको दूरी घटायो
गरिखान सक्ने वातावरण सिर्जना गर्न सरकारसमक्ष व्यवसायीको माग
गरिखान सक्ने वातावरण सिर्जना गर्न सरकारसमक्ष व्यवसायीको माग
Nepal and Israel complete 58 glorious years of diplomatic ties since its establishment !
Nepal and Israel complete 58 glorious years of diplomatic ties since its establishment !
नेपाली कांग्रेसले तोक्यो ४४ जिल्लामा चुनावी कमान्डर , हेर्नुहोस् नाम लिस्टसहित
नेपाली कांग्रेसले तोक्यो ४४ जिल्लामा चुनावी कमान्डर , हेर्नुहोस् नाम लिस्टसहित
बिस्केट जात्रा शान्तिपूर्णरूपमा सम्पन्न गर्न सहमति
बिस्केट जात्रा शान्तिपूर्णरूपमा सम्पन्न गर्न सहमति