प्रचण्डको अभिव्यक्तिप्रति एमाले नेताको आपत्ति

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ९, २०७४
|
|
४२ पटक हेरिएको
Shares
प्रचण्डको अभिव्यक्तिप्रति एमाले नेताको आपत्ति

सारांश

  • काठमाडौं, पुस ९ ।
  • माओवादी अध्यक्ष प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको भनेर दिएको अभिव्यक्तिप्रति एमाले नेता केशब बडालले आपत्ति जनाएका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता बडालले आलोपालो प्रधानमन्त्रीको कुरा गरेर प्रचण्डले गल्ती गरेको बताए ।

काठमाडौं, पुस ९ । माओवादी अध्यक्ष प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको भनेर दिएको अभिव्यक्तिप्रति एमाले नेता केशब बडालले आपत्ति जनाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता बडालले आलोपालो प्रधानमन्त्रीको कुरा गरेर प्रचण्डले गल्ती गरेको बताए ।

स्थायीत्वका लाग वाम गठबन्धनले जनतालाई आश्वासन दिएको स्मरण गराउँदै बडालले ५ वर्षका लागि एउटै व्यक्ति प्रधानमन्त्री बन्नुपर्नेमा जोड दिए । अढाइ वर्ष फलाना, अढाइ वर्ष फलाना भनेर गयो भने जनताप्रति विश्वासघात हुने तर्क बडालको छ ।

आलोपालो प्रणालीमा जानु भनेको स्थिर सरकारको अवधारणाविपरित हुने बडालको तर्क छ ।

सार्वजनिक रुपमा भागबण्डाको कुरा गर्दा एकता प्रक्रियालाई बल नपुग्ने उनको भनाई थियो । बडालले भने, ‘भागबण्डाकै मात्र कुरा गर्ने हो भने त्यसलाई पार्टी एकता मान्न सकिँदैन् ।’

एमालेसँग पार्टी एकता गर्ने विषयमा आफूहरुमा अठोट भएको उनले बताए । पार्टी एकता प्रक्रियाका क्रममा विमति र बहस हुनु सामान्य भएको उनले बताए ।

पार्टी एकताका लागि नै चुनावमा साझा घोषणा लिएर जनतामाझ गएको बताउँदै बडालले सैद्धान्तिक रुपमा कुनै विवाद नभएको जिकिर गरे । पार्टी अध्यक्ष र प्रधानमन्त्री को बन्ने भन्ने विषयमा निश्कर्षमा नपुगिएको बडालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि बडादसैं सुरु, बिहान ११ः२९ मा घटस्थापनाको उत्तम साइत
आजदेखि बडादसैं सुरु, बिहान ११ः२९ मा घटस्थापनाको उत्तम साइत
कांग्रेससँग एक्लै जित्ने आत्मबल छैन ‘मधेस कांग्रेसप्रति आक्रोश छ ।  ; एमाले’
कांग्रेससँग एक्लै जित्ने आत्मबल छैन ‘मधेस कांग्रेसप्रति आक्रोश छ । ; एमाले’
नाट्टाले अन्तर्राष्ट्रिय पर्यटन मेलामा भाग लिने
नाट्टाले अन्तर्राष्ट्रिय पर्यटन मेलामा भाग लिने
ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते
ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते
बिनोदमणी राईको अध्यक्षतामा माओवादी केन्द्र ‘सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’ गठन
बिनोदमणी राईको अध्यक्षतामा माओवादी केन्द्र ‘सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’ गठन
मेसी चुक्दा अर्जेन्टिनाका नेपाली समर्थक निराश
मेसी चुक्दा अर्जेन्टिनाका नेपाली समर्थक निराश
पहिले वाम एकताको खाका, त्यसपछि सरकार
पहिले वाम एकताको खाका, त्यसपछि सरकार
आइतबार सुनको भाउ ह्वात्तै बढ्यो, कतिमा हुदैछ कारोबार
आइतबार सुनको भाउ ह्वात्तै बढ्यो, कतिमा हुदैछ कारोबार
महत सहभागी कार्यक्रममा झडप, ४७ राउन्ड गोली प्रहार, एक प्रहरीसहित सात घाइते f
महत सहभागी कार्यक्रममा झडप, ४७ राउन्ड गोली प्रहार, एक प्रहरीसहित सात घाइते f
म्यानचेस्टर सिटी सबैभन्दा मुल्यवान टिम, टप १० मा को को छन्?
म्यानचेस्टर सिटी सबैभन्दा मुल्यवान टिम, टप १० मा को को छन्?