निगमको पैसामा जापान जान खोज्दै खरेल

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २९, २०७६
|
|
२२ पटक हेरिएको
Shares
निगमको पैसामा जापान जान खोज्दै खरेल

सारांश

  • काठमाण्डौ ।
  • नेपाल वायुसेवा निगमले वाइडबडी एयरबस ३३० बाट जापान उडान गर्ने भने पनि उडान सुरु हुनुअघि नै काठमाडौं–ओसाका उडान स्थगित भयो  ।
  • निगमले एक महिनासम्म टिकट बुकिङ खुला गर्दा पनि राम्रो बुकिङ नभएको भन्दै उडान स्थगन गरेको थियो ।

काठमाण्डौ । नेपाल वायुसेवा निगमले वाइडबडी एयरबस ३३० बाट जापान उडान गर्ने भने पनि उडान सुरु हुनुअघि नै काठमाडौं–ओसाका उडान स्थगित भयो  । निगमले एक महिनासम्म टिकट बुकिङ खुला गर्दा पनि राम्रो बुकिङ नभएको भन्दै उडान स्थगन गरेको थियो । निगमले सेप्टेम्बरमा अर्काे सिजन सुरु हुने भएकाले अगस्टको अन्तिमबाट उडान सुरु हुन सक्ने बहाना पनि बनायो । सातामा तीन राउन्ड उडान गर्ने गरी जापानले नेपाल वायुसेवा निगमलाई ओसाकास्थित कान्साई विमानस्थलमा उडानको अनुमति दिएको थियो । तर निगमभित्रकै कर्मचारीहरुले बल्ल–बल्ल जापानबाट पाएको उडान अनुमति उडान सुरु नहुँदै स्थगन हुनु निगम व्यवस्थापनको असफलता रहेको आरोप लगाउँदै आएका छन् ।

यी घटनाक्रमका बीच अहिले निगमका कार्यकारी अध्यक्ष जापान जाने प्रयासमा छन् । तर उनी जापान गएर स्थगित भएको उडान संचालन गर्नुको सट्टा सम्भावित उडानसमेत रद्ध गर्न खोजिरहेका छन् ।

जुलाई ४ देखि हुने भनिएको उडान नहुँदा निगम थप घाटामा जाने त पक्कापक्की नै छ, अबको सम्भावना पनि टार्नका लागि खरेलले चलखेल गरेको निगमभित्रकै केही कर्मचारीले बताउने गरेका छन् ।

अहिले खरेल ३ जनाको टोली लिएर जापान जान खोजेको बताइएको छ । यो भ्रमण भयो भने निगमका ४० लाख जति स्वाहा हुने बताइएको छ । अब खरेललाई संसदीय समितिले पनि बोलाएर सोधपुछ गर्ने तयारी गरिरहेको छ ।

जापानका लागि निगमका प्रतिनिधि देवमान हिराचनले आफूले पाएको जिम्मेवारी पाएको खण्डमा उडान सफल बनाउने दावी गर्दै आएका छन् । निगमले यात्रु नभएर वा टिकट विक्रि नभएका उडान स्थगित गर्नुपरेको बताउँदै गरेका बेला हिराचनले त्यसलाई झुट भएको बताएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्षसमेत रहेका हिराचलन जुलाई ४ तारिखबाट गर्ने भनिएको वाईडबडीको उडान स्थगित् गरेकोमा कडा आपत्ति जनाउँदै आएका छन् ।

उनले नेपाल र जापान दुवै देशका सरकारी तथा प्राविधिक प्रतिनिधि बसेर उडानको लागि मिति नै तय गरिएको अवस्थामा निगमले एक्कासी विना कारण उडान स्थगित गर्नु आफैंमा अशोभनीय भएको टिप्पणी गरेका छन् ।

हिराचनले टिकट बुकिङ नभएकै कारण उडान स्थगित् गरिएको भन्ने निगमको भनाईमा कुनै सत्यता नै नभएको जिकिर गरे । केही दिनअघि रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर हिराचनले भनेका थिए–‘नेपाल एयरलाईन्सको जापानी टिकट बुकिङ प्रणाली नै तयार भएको छैन । यस्तो अवस्थामा निगमले बुकिङ खुल्ला गर्नुपर्दथ्यो, बुकिङ नै नखुलाई एक्कासी टिकट बुक नभएको बहाना बनाएर ओशाका उडान स्थगित् गर्नु रहस्यमयी छ । यसमा नेपाल सरकार खासगरी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले विशेष ध्यान पुर्याउनुपर्छ ।’

उनले नेपाल एयरलाईन्सले जापानसँग उडानको लागि सम्झौता गर्नु ठूलो उपलब्धि भएपनि यसको लागि गर्नुपर्ने आवश्यक धेरै कामहरु नेपालको तर्फबाट द्रुत गतिमा नभएकोपनि गुनासो पोखे । उनले थपे, ‘नेपालको तर्फबाट निगमले जतिसक्दो चाँडो प्राविधिक टोली जापान पठाई टिकट बुकिङ प्रणाली सुचारु गर्नुपर्दथ्यो, तर त्यसतर्फ निगमका नेतृत्वले ध्यान दिएन । यही कारण आज निर्धा्रित मितिमै ओशाका उडान भर्न सकिएन ।’

जापानमा भएका पर्यटक विभाग र ट्राभेल एजेन्टबाट डिसेम्बरदेखि नै टिकटको माग आएपछि आशुका ट्राभल एण्ड टुर्सले बारम्बार काठमाडौंमा खबर गर्दापनि नेपाल वायु सेवा निगमले टिकट चाँडै बजारमा निकाल्नको लागि कुनै चासो नदेखाएको हिराचनको आरोप थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने बनाऔँ : मन्त्री अधिकारी
पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने बनाऔँ : मन्त्री अधिकारी
अनलाइनमार्फत नौ हजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड
अनलाइनमार्फत नौ हजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड
ओली-प्रचण्ड वार कि पारको लडाईमा, फुट जोगाउन चमत्कार हुनुपर्ने
काठमाडौंमा १२, ललितपुर र भक्तपुरमा एकरएक जनामा कोरोना संक्रमण
काठमाडौंमा १२, ललितपुर र भक्तपुरमा एकरएक जनामा कोरोना संक्रमण
नेपालमा दर्ता नहुने सामाजिक सञ्जालको प्रयोग बन्द गरिने
नेपालमा दर्ता नहुने सामाजिक सञ्जालको प्रयोग बन्द गरिने
काठमाडौको नेपालटारमा सवारी दुर्घटना, एक जनाको मृत्यु
काठमाडौको नेपालटारमा सवारी दुर्घटना, एक जनाको मृत्यु
उपत्यका प्रहरी : कारवाहीभन्दा पुरस्कृत धेरै
उपत्यका प्रहरी : कारवाहीभन्दा पुरस्कृत धेरै
लमजुङ ‘ख’ मा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी
लमजुङ ‘ख’ मा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी
जनार्दन शर्मालाई कडा कारवाही गरियोस् भन्दै देउवालाई  बाबुरामको ज्ञापनपत्र..
जनार्दन शर्मालाई कडा कारवाही गरियोस् भन्दै देउवालाई बाबुरामको ज्ञापनपत्र..
ब्रुमर सञ्चालनको ५ महीना पूराः सडकको अवस्था अझै उस्तै
ब्रुमर सञ्चालनको ५ महीना पूराः सडकको अवस्था अझै उस्तै

तपाईंले छुटाउनुभयो कि?