भैंसी सुन्दरीमा पहिलाे हुने हीरा’ नामक भैंसीलाई ११ हजार पुरस्कार !
सारांश
- विराटनगर , २९ वैशाख ।
- सुनसरीको इटहरीमा शनिबार आयोजित ‘भैसी सुन्दरी प्रतियोगिता’ को उपाधि मीठुमाया कार्कीले पालेको उन्नत नश्लको ‘हीरा’ नामक भैंसीलाई दिइएको छ ।
- सुनसरीको इटहरीस्थित वातावरण तथा पर्यावरण संरक्षण केन्द्रले हवाईचोकमा आयोजना गरेको प्रतियोगितामा इटहरी उपमहानगरपालिका ३८ जना भैंसीपालक किसानले सहभागिता जनाएका थिए।
विराटनगर , २९ वैशाख । सुनसरीको इटहरीमा शनिबार आयोजित ‘भैसी सुन्दरी प्रतियोगिता’ को उपाधि मीठुमाया कार्कीले पालेको उन्नत नश्लको ‘हीरा’ नामक भैंसीलाई दिइएको छ ।
सुनसरीको इटहरीस्थित वातावरण तथा पर्यावरण संरक्षण केन्द्रले हवाईचोकमा आयोजना गरेको प्रतियोगितामा इटहरी उपमहानगरपालिका ३८ जना भैंसीपालक किसानले सहभागिता जनाएका थिए।
भैंसी अनुसन्धन केन्द्र समेत इटहरीमै रहेको र यस क्षेत्रका भैंसीपालक किसानलाई प्रोत्साहन गर्दै उन्नत नश्लको भैंसी पालनमा सहयोग पुर्याउने उद्देश्यले ‘भैंसी सुन्दरी प्रतियोगिता’ आयोजना गरिएको थियो।
प्रतियोगितामा विजयी भैंसीलाई पाल्दै आएकी मीठुमाया कार्कीलाई ११ हजार रुपैयाँसहित निस्शु्ल्क भैंसी बीमाको अवसर प्रदान गरिएको छ। प्रतियोगितामा किसान नरबहादुर कार्कीको गोठमा पालिएको चम्पा नामको भैंसीले दोस्रो उपाधिसहित ९ हजार तथा तेस्रो हुने किसान बेधनिधि दाहालको काली नामकी भैंसीले ५ हजार रुपैयाँ पाए।
यसैगरी चौथो हुने किसान हरिप्रसाद नेपालको काली नाम गरेकी भैंसीले ३५ सय रुपैयाँ र पाचौं हुने किसान नारायणबहादुर बुढाथोकीको काली नामक भैंसीले २५ सय रुपैयाँपुरस्कार पाए। प्रतियोगितामा बिजयी सबै भैसीको बीमाको अवसर समेत उपलब्ध गरेको आयोजकले जनाएको छ।
प्रतियोगितामा राष्ट्रिय भैंसी अनुसन्धान केन्द्रका भैंसी बैज्ञानिक पवनकुमार झा, जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा। शिवनाथ महतो, डा। विष्णुप्रसाद कुसवाहा र प्राविधिक राजेश पौडेलको निर्णायक टोलीले भैसी जाँच गरी बिजेता छानेका थिए।
Phanindra Paudel
11hajar ma hira painx
Yadu Krishna Devkota
बधाई छ हीराधनीलाई