सामाजिक सञ्जालमा भेटिएको एउटा कथा : जुन पढ्दा आँशु नै झर्छ

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २०, २०७५
|
|
२९ पटक हेरिएको
Shares
सामाजिक सञ्जालमा भेटिएको एउटा कथा : जुन पढ्दा आँशु नै झर्छ

सारांश

  • एक युवक काम खोज्ने सिलसिलामा एउटा कम्पनीमा पुगे ।
  • प्रारम्भिक परीक्षा र अन्तरर्वार्ता सफलतापूर्वक पास गरेपछि निणार्यक अन्तवार्ताका लागि उनलाई कम्पनी डाइरेक्टरकहाँ पठाइयो ।
  • डाइरेक्टरले उनको वायोडाटा हेरे ।

एक युवक काम खोज्ने सिलसिलामा एउटा कम्पनीमा पुगे । प्रारम्भिक परीक्षा र अन्तरर्वार्ता सफलतापूर्वक पास गरेपछि निणार्यक अन्तवार्ताका लागि उनलाई कम्पनी डाइरेक्टरकहाँ पठाइयो ।
डाइरेक्टरले उनको वायोडाटा हेरे । उत्कृष्ट थियो । उनले सोधे, स्कूल कलेजमा तपाईले कुनै छात्रवृत्ति पाउनुभएको थियो ?
युवकले जवाफ दिए- थिएन ।
त्यसोभए तपाईका बुबाले तपाईको पढाइको खर्च आफैं बेहोर्नुभयो ।
हो सर ।

बुबा कहाँ काम गर्नुहुन्छ नि ?
मेरो बुबा त विश्वकर्मा हो सर । वहाँको आफ्नै आरन छ, त्यहीँ काम गर्नुहुन्छ ।
डाइरेक्टरले युवकलाई आफ्नो हात देखाउन भने । युवकले दुबै हात डाइरेक्टरको टेबलमाथि राखेर हत्केला देखाए । हात सुन्दर, नरम र सुकिला थिए ।
तपाईले बुबाको काममा सघाउने गर्नुभएको छ ?
छैन । वहाँ मलाई सधैं धेरै पढ मात्र भन्नुहुन्छ । फेरि बुबाको काम म जान्दिनँ पनि । वहाँ नै म भन्दा राम्रो काम गर्नुहुन्छ ।

डाइरेक्टरले भने- म आज तपाईलाई एउटा काम दिन्छु गर्नुहुन्छ ?
जागिरको आशमा रहेका युवकले एकै सासमा भने- गर्छु सर ।
तपाई आज घर जानुस् र बेलुका तपाईका बुबा कामबाट फर्किएपछि वहाँको हात राम्ररी धोइदिनु र भोलि मलाई भेट्नू ।
युवकले आफ्नो काम बन्ने सम्भावना बढेको महसुस गरे । डाइरेक्टरको भनाइलाई उनले ठूलो मौका ठाने ।

उनी घरतिर हुत्तिए र बुवालाई पर्खेर बसे । जब बुवा घर आए, तब उनले बुबासँग हात धोइदिन मागे । बुवा छक्क परे । अक्मकाए । अनि केही असहज मान्दै आफ्ना दुबै हात छोराका अगाडि राखिदिए ।
युवकले हात धुन थाले । तर, बुबाका हात हेर्ने वित्तिकै युवक नराम्ररी झस्किए । जीवनमा पहिलो पटक उनले आफ्ना बाबुका हात आफ्नै हातमा लिएर हेरेका थिए । दुबै हातहरु दाउरो जस्तै खस्रा र चाउरी परेका, औंलै पिच्छे साह्रा ठेलाहरु । ठाउँठाउँमा पटपट फुटेर घाउ बनेका । बर्षौंदेखिको कटकटिएका काला दागहरु भित्रसम्म पुगेका । यी हातहरु समाउँदैमा छोराका आँखा रसाए ।
युवकले पहिलोचोटि अनुभव गरे, यी हातहरुले हरेक दिन उनको पढाइको खर्च पुर्याउन बषौर्ंदेखि कति कडा काम गरेका थिए । हातका ती एकएक ठेलाहरु उनको स्कूलको शिक्षा र भविश्यको निम्ति तिरेका मूल्य थिए ।

युवकले आफ्नो मन मस्तिष्कका सयौँ पर्दाहरु एकैचोटि खुलेको अनुभव गरे । उसले निकैबेर लगाएर हात धोए र रुमालले पुछिदिए । क्रिम लगाइदिए । हात धोइसकेपछि युवक केहीबेर जिल्लिए । अवाक भए ।

फेरि उनी बाबुको आरन हेर्न गए । त्यहाँ जतातजै धुलो र मैलो थियो । उनले हुनेसम्मको आरनको सफाइ र व्यवस्थापन गरे । उनले त्यहाँका घन, सनासो, र सबै ज्यावललाई सफा गरे । आदरपूर्वक लिएर चुमे ।

त्यो रात बाबु र छोरा निकै अबेरसम्म लामो कुरा गरिरहे । बाबुले पहिलोपटक छोरालाई आफ्ना जीवनका दुःखसुखका अनुभवहरु सुनाए ।

भोलिपल्ट बिहान ठीक समयमा युवक डाइरेक्टरको अफिसमा पुगे । डाइरेक्टरले युवकलाई नियालेर हेरे । युवकका आँखामा आँसु र अनुहारमा थोरै लज्जा थियो । केही सन्तोषको भाव पनि थियो ।
डाइरेक्टरले सोधे- के तपाई मलाई भन्न सक्नुहुन्छ ? हिजो तपाईले घर गएर के गर्नुभयो र के शिक्षा पाउनुभयो ?

युवकले भने, मैले हिजो बुबाका हात धोएँ । त्यसपछि वहाँको आरनमा गएर सफाइ गरेँ । मैले जीवनको मूल शिक्षा हिजै पाएँ सर । मलाई थाहा भो, मेरा बुबाले त्योबेला यसरी मेहनत नगर्नुभएको भए, मलाई परिवारको साथ र सहयोग नभएको भए म आज जे छु, त्यो हुन सक्दिनथें । अहिले मलाई महसुस भैरहेछ, मैले मेरा बुवाको मेहनतको जति प्रशंसा गरे पनि कमै हुनेछ । म वहाँको परिश्रमलाई आदर नगरी रहन सक्दिनँ । मेरा बुवा महान हुनुहुन्छ ।

डाइरेक्टरले भने- हो, म मेरा स्टाफहरुमा त्यही गुण खेजिरहेको छु । म त्यस्ता व्यक्तिहरु मन पराउँछु, जसले अरुको सहयोगको प्रशंसा गरोस्, त्यस्ता व्यक्ति, जसले अरुको दुःख र सहयोगलाई चिन्न सकोस् । खाली पैसाको पछिमात्रै नकुदोस् ।

डाइरेक्टरले युवकलाई भने- ल लिनुस् तपाईको नियुक्ति पत्र । तपाई आजैदेखि काम सुरु गर्नुस् ।
हुर्कँदा केटाकेटीलाई जब पुलपुल्याइन्छ र आवश्यकता भन्दा बढी माया दिइन्छ, तब उ हरेक कुरालाई यो मेरो अधिकार हो भन्ने ठान्दछ र बाबुआमाको दुःखलाई कुनै महत्व दिँदैन । केटाकेटीलाई यस्तो मायाले सपार्ने भन्दा बिगार्ने नै बढी हुन्छ ।

त्यसैले बाबुआमाहरु, तपाईहरु आफ्ना सन्तानलाई सुख सुविधा त दिनुहोस् साथै आफूसँगै काम गर्न पनि लगाउनुहोस् र तालिम प्राप्त बनाउनुहोस् । यो नै सही माया हो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मूूल्य वृद्धिले सुनचाँदीको कारोवार ठप्प
मूूल्य वृद्धिले सुनचाँदीको कारोवार ठप्प
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि  उम्मेदवारका आकांक्षी धेरै हुँदा छान्न सकस
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारका आकांक्षी धेरै हुँदा छान्न सकस
रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दामाथिकाे सुनुवाइ बुधबार हुने
रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दामाथिकाे सुनुवाइ बुधबार हुने
बाँकेमा रगतको माग बढ्दो
बाँकेमा रगतको माग बढ्दो
माओवादी केन्द्र पोखरा–लेखनाथ महानगर समितिको अध्यक्षमा लामिछाने
माओवादी केन्द्र पोखरा–लेखनाथ महानगर समितिको अध्यक्षमा लामिछाने
प्रधानमन्त्री ओली नयाँ दिल्ली प्रस्थान
देवकोटाको ‘द्वन्द्वमा परेका बालबालिकाको जीवन र शिक्षा’ शोधपुस्तक सार्वजनिक
देवकोटाको ‘द्वन्द्वमा परेका बालबालिकाको जीवन र शिक्षा’ शोधपुस्तक सार्वजनिक
पोखरामा गगन थापालाई आफ्नै कार्यकर्ताले देखाए कालो झण्डा
पोखरामा गगन थापालाई आफ्नै कार्यकर्ताले देखाए कालो झण्डा
अग्नि सापकोटा सभामुख बन्दै, सचिवालय बैठकले आजै नाम अनुमोदन गर्ने
अग्नि सापकोटा सभामुख बन्दै, सचिवालय बैठकले आजै नाम अनुमोदन गर्ने
काभ्रेमा  काँग्रेसका जनप्रिय उम्मेदवार,  लामा जिताउन जनता आतुर
काभ्रेमा काँग्रेसका जनप्रिय उम्मेदवार, लामा जिताउन जनता आतुर

तपाईंले छुटाउनुभयो कि?