इरानद्वारा अमेरिकी आक्रमणको निन्दा

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १२, २०७९
|
|
१७ पटक हेरिएको
Shares
इरानद्वारा अमेरिकी आक्रमणको निन्दा

सारांश

  • काठमाडौं ।
  • सिरियामा इरान समर्थित समूहमाथि अमेरिकाले गरेको हवाई हमलाको तेहरानले कठोर शब्दमा निन्दा गरेको छ ।
  • गत बिहीबार इरानको इस्लामिक रिभोलुस्नरी गार्डस् कप्र्ससँग सम्बद्ध समूहले प्रयोग गर्दै आएको स्थानमा अमेरिकाले हवाई हमला गरेको थियो ।

काठमाडौं । सिरियामा इरान समर्थित समूहमाथि अमेरिकाले गरेको हवाई हमलाको तेहरानले कठोर शब्दमा निन्दा गरेको छ । गत बिहीबार इरानको इस्लामिक रिभोलुस्नरी गार्डस् कप्र्ससँग सम्बद्ध समूहले प्रयोग गर्दै आएको स्थानमा अमेरिकाले हवाई हमला गरेको थियो ।

इस्लामिक स्टेटका चरमपन्थीविरुद्धको कारबाहीका निम्ति गठबन्धन सेनासँग सहकार्य गरिरहेको अमेरिकी सेनाका सदस्यलाई आवश्यक राशनपानीलगायत अन्य सरसामान आपूर्ति गर्ने ठेकेदार सोही दिन उत्तरपूर्वी सिरियास्थित अमेरिकी सेनाको आधार शिविरमा इरानमा निर्मित ड्रोन आक्रमणमा सोही दिन मारिएपछि अमेरिकाले तत्काल हवाई हमला गरेको थियो । उक्त आक्रमणमा १९ जनाले ज्यान गुमाएका युद्ध अनुगमन गर्ने संस्था सिरियन अब्जरभेटरीले बताएको छ ।

पूर्वी सिरियाको देइर एजोर र अल–बुकमालमा अमेरिकाले गरेको हवाई हमलालाई इरानले गैरसैनिक क्षेत्रमा गरिएको ‘आतङ्वादी आक्रमण’ भनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?