नेपाल छिरे ब्ल्याक क्याटहरू !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २७, २०७५
|
|
३० पटक हेरिएको
Shares
नेपाल छिरे ब्ल्याक क्याटहरू !

सारांश

  • काठमाडौं, २७ वैशाख ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवारबाट नेपालको भ्रमण गर्दै गर्दा उनको सुरक्षालाई लिएर नेपाल–भारतले निकै ठूलो सर्तकता अपनाएका छन् ।
  • मोदीको सुरक्षामा अत्यन्तै विशिष्ट सुरक्षा व्यवस्था मिलाइएको छ ।

काठमाडौं, २७ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवारबाट नेपालको भ्रमण गर्दै गर्दा उनको सुरक्षालाई लिएर नेपाल–भारतले निकै ठूलो सर्तकता अपनाएका छन् । मोदीको सुरक्षामा अत्यन्तै विशिष्ट सुरक्षा व्यवस्था मिलाइएको छ ।

मोदीलाई भ्रमण अवधिभर भारतीय सुरक्षाकर्मीकै घेराभित्र राखिनेछ । मोदीलाई कालो चस्मा र पहिरनमा हुने भारतीय विशेष सुरक्षाकर्मीले नै सुरक्षा दिनेछन् । उनीहरूलाई ब्ल्याक क्याट पनि भन्ने गरिन्छ । उनीहरूले कालो विरालोको चिन्ह भएको विशेष लोगो लगाउने गर्छन् ।

भ्रमणमा ६६ भारतीय सुरक्षाकर्मी परिचालित हुने स्रोतले जनाएको छ । मोदीको सुरक्षाका लागि ४१ जना भारतीय सुरक्षाकर्मी नेपाल आइसकेका छन् । २५ जना भने मोदीसँगै आउनेछन् ।

मादीको भ्रमणमा आउने भारतीय सुरक्षाकर्मीले ल्याउने हतियारको सम्पूर्ण तथ्याङ्क राखिने स्रोतले जनाएको छ । नेपाली सुरक्षाकर्मीको कमान्ड नेपाली सेनाले गर्नेछ ।

भ्रमण अवधिभर टेलिफोन र मोबाइल सिग्नल जाम गर्ने ‘ज्यामर मेसिन’ प्रयोग हुनेछ । त्यो मेसिन नेपालकै प्रयोग हुनेछ । यसले भ्रमण अवधिभर भ्रमण रुटमा पर्ने कम्तीमा सय मिटर क्षेत्रमा टेफिलोन तथा मोबाइल सिग्नल अवरुद्ध गरिनेछ ।

नेपाल भ्रमणभर स्थलमार्गमा प्रयोग हुने दुईवटा बम तथा बुलेटप्रुफ गाडी मंगलबार नै काठमाडौं ल्याइएको छ । त्यसमध्ये एउटा काठमाडौंमा प्रयोग हुनेछ । अर्को जनकपुरमा प्रयोग गरिने स्रोतको भनाइ छ । विशेष विमानबाट गाडी र हतियारसहितका ४१ भारतीय सुरक्षाकर्मी काठमाडौं उत्रिएका हुन् ।

जनकपुरको बाह्रबिघामा हुने नागरिक अभिनन्दनमा प्रदेश सरकारले ७ सय भिआइपी पास वित्तरण गर्ने स्रोतले जनाएको छ । सर्वसाधारणलाई बिहान १० बजेभित्र कार्यक्रमस्थलमा छिरिसक्नुपर्ने निर्देशन दिइएको छ ।

मोदीले सम्बोधन गर्ने स्थलवरिपरि नेपाल प्रहरीका ४ वटा कुकुर पनि खटाइनेछ । विस्फोटक पदार्थलगायत सामग्री जाँचका लागि काठमाडौंबाट ४ वटा कुकुर जनकपुर लगिएको एक प्रहरी अधिकारीले बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Deepak Sunar

    Gorkhali ko desh ma yo lute dhoti commando ko K show offf hola

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?