महेन्द्रनगरबाट छुटेको बस दुर्घटना : पाँच जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • भीमदत्तनगर, ३० वैशाख, कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानका लागि शनिबार छुटेको यात्रुवाहक बस आज बिहानै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।
  • आज बिहान करीब ३ बजे प्यूठानको सरुमारानी गाउँपालिका–४ पाकुरी भन्ने स्थानमा प्यूठानका लागि छुटेको ना ४ ख १८७६ नम्बरको बस भीरबाट खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।
  • दुर्घटनास्थलमा घाइतेहरुको उद्धारका लागि खटिएका प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार दुर्घटनामा तीन महिला र दुई जना पुरुषको मृत्यु भएको भए पनि सनाखत हुन सकेको छैन भने बसमा रहेका २१ जना घाइते भएका छन ।

भीमदत्तनगर, ३० वैशाख, कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानका लागि शनिबार छुटेको यात्रुवाहक बस आज बिहानै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आज बिहान करीब ३ बजे प्यूठानको सरुमारानी गाउँपालिका–४ पाकुरी भन्ने स्थानमा प्यूठानका लागि छुटेको ना ४ ख १८७६ नम्बरको बस भीरबाट खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।
दुर्घटनास्थलमा घाइतेहरुको उद्धारका लागि खटिएका प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार दुर्घटनामा तीन महिला र दुई जना पुरुषको मृत्यु भएको भए पनि सनाखत हुन सकेको छैन भने बसमा रहेका २१ जना घाइते भएका छन । घाइतेमध्ये पाँच जनालाई बुटवल र १६ जनालाई उपचारका लागि जिल्ला अस्पताल प्यूठान पठाइएको छ । मृतकमध्ये चार जनाको शव निकालिएको भए पनि एक जनाको अझै निकाल्न नसकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?