ओडारभित्र पुरिएर हराएका दुईजना मृत फेला

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १८, २०७५
|
|
१६ पटक हेरिएको
Shares
ओडारभित्र पुरिएर हराएका दुईजना मृत फेला

सारांश

  • काठमाडौं ।
  • धादिङको रुबीभ्यालीमा पहिरोमा पुरिएर हराइरहेका २ जना ढुंगाले च्यापिएको अवस्थामा भेटिएका छन् ।
  • हिन्दुङमा माघ १३ गते बिहानदेखि पहिरोमा पुरिएर ओडारभित्र हराइरहेका दुई जना पाँच दिनपछि मृत अवस्थामा भेटिएका छन् ।

काठमाडौं । धादिङको रुबीभ्यालीमा पहिरोमा पुरिएर हराइरहेका २ जना ढुंगाले च्यापिएको अवस्थामा भेटिएका छन् । हिन्दुङमा माघ १३ गते बिहानदेखि पहिरोमा पुरिएर ओडारभित्र हराइरहेका दुई जना पाँच दिनपछि मृत अवस्थामा भेटिएका छन् ।

गोठाला जाँदा लगातारको हिमपातपछि सुरक्षित स्थानमा बस्ने क्रममा ओडारभित्र बसेका थिए । ओडारमाथिबाट ठूलाठूला चट्टान खसेर गएको पहिरोले पुरिएर बेपत्ता भएका हिन्दुङका ४५ वर्षीय नोर्बु तामाङ, सोही ठाउँका १८ वर्षीय धनबहादुर तामाङको खोजीमा जुटेको सुरक्षाकर्मीको टोलीले पाँच दिनपछि उनीहरूको शव फेला पारेको सशस्त्र प्रहरी बल धादिङबेसी गुल्म प्रमुख प्रहरीले जनाएको छ ।

ओडारभित्र फसेका दुवैको ठूलो ढुंगाले च्यापिएर मृत्यु भएको हो । खोजी कार्यमा प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतको नेतृत्वमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको ३० सदस्यीय टोली जुटेको थियो ।

स्थानीयवासी र आफन्तले पनि खोजी कार्यमा प्रहरीलाई साथ दिएका थिए । पहिरोमा पुरिएका २६० भेडाबाख्रामध्ये जम्मा चार भने जीवितै अवस्थामा भेटिएको उद्धार टोलीले जनाएको छ । उद्धारका लागि खटिएको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयका टोलीले जेनेरेटरको माध्यमबाट भाइब्रेसन गराई ढुंगा फुटाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?