इलाम प्रदेशसभामा भएका नतिजाहरुमा वाम गठबन्धनको जीत

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
३८ पटक हेरिएको
Shares
इलाम प्रदेशसभामा भएका नतिजाहरुमा वाम गठबन्धनको जीत

सारांश

  • इलाम, मंसिर २४ – प्रदेशसभा सदस्यमा इलाम १ को (क) मा नेकपा एमालेका खिनु लिम्बु विजयी हुनुभएको छ ।
  • उहाँले १८ हजार ६ सय ८६ मत ल्याउनुभयो ।
  • उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देवेन्द्र कुमार राईले ९ हजार ३ सय २७ मत ल्याउनुभयो ।

इलाम, मंसिर २४ – प्रदेशसभा सदस्यमा इलाम १ को (क) मा नेकपा एमालेका खिनु लिम्बु विजयी हुनुभएको छ । उहाँले १८ हजार ६ सय ८६ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देवेन्द्र कुमार राईले ९ हजार ३ सय २७ मत ल्याउनुभयो ।

यस्तै इलाम १ को (ख) मा एमालेका काजीमान कागते १७ हजार ८ सय ९६ मतसहित विजयी हुनुभएको छ । उहाँ कांग्रेसका उम्मेदवार दुर्गा कुमार बराल भन्दा ७ हजार ८ सय ६५ मत बढी ल्याउनुभयो । बरालले १० हजार ३१ मत पाउनुभयो ।

प्रदेश सभा सदस्यमा इलाम २ को (क) मा नेकपा एमालेका राम राना विजयी हुनुभएको छ । उहाँले १९ हजार ८ सय ३८ मत ल्याउनुभयो । यस्तै उहाँका प्रतिस्पर्धी कांग्रेसका डम्बर खड्का १६ हजार २ सय ८६ मत ल्याउनुभयो । राना र खड्काबीच को मतान्तर ३ हजार ५ सय ५२ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?