कांग्रेस, एमाले र माओवादीद्वारा सांसद पद टेण्डर शैलीमा बेच्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २३, २०७४
|
|
३२ पटक हेरिएको
Shares
कांग्रेस, एमाले र माओवादीद्वारा सांसद पद टेण्डर शैलीमा बेच्दै

सारांश

  • काठमाडौं, पुस २३ ।
  • समानुपातिकतर्फको सासंद बन्नका लागि बन्दसूचिमा नाम भएका नेताहरु पैसाको बिटो बोकेर शीर्ष नेताहरुकहाँ धाउन थालेका छन् ।
  • निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ समानुपातिकको नतिजा सार्वजनिक गर्नुअघि नै आफ्नो स्थान सुरक्षित गर्न बन्द सूचिमा नाम भएकाहरु दौडधुपमा छन् ।

काठमाडौं, पुस २३ । समानुपातिकतर्फको सासंद बन्नका लागि बन्दसूचिमा नाम भएका नेताहरु पैसाको बिटो बोकेर शीर्ष नेताहरुकहाँ धाउन थालेका छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ समानुपातिकको नतिजा सार्वजनिक गर्नुअघि नै आफ्नो स्थान सुरक्षित गर्न बन्द सूचिमा नाम भएकाहरु दौडधुपमा छन् ।

समानुपातिकको बन्दसूचिमा अधिकांश पैसा खुवाउन सक्नेहरुका नाम राखेका दलहरुले जसले धेरै पैसा दिन सक्छ उसैलाई सासंद बनाउने रणनीति लिएका छन् ।

संविधानअनुसार कोटा पूरा गर्नुपर्ने बाध्यात्मक स्थितिबाहेक करिब–करिब टेण्डर आह्वान गरे झैँ नै जसले बढि पैसा दिन सक्यो उसैलाई सासंद बनाउने चलखेल भइरहेको पैसा बुझाएर सासंद बन्न नसक्ने तर बन्द सूचिमा नाम भएकाहरुले गुनासो गर्न थालेका छन् ।

कांग्रेसमा उद्योगपतिहरु विनोद चौधरी, उमेश श्रेष्ठ, देवी भट्टचन, कर्मा घले, दिव्यामणिराज भण्डारीलगायतले पैसा बुझाएकै भरमा सासंद बन्न पाउने सम्भावना बढि देखिन्छ । समानुपातिकतर्फ पुरुष सासंदको संख्या धेरै हुने भएकाले पनि कांग्रेसलाई सासंद पद बेच्न सहज भएको छ ।

यता एमाले र माओवादीमा पनि पैसा बुझाएर सासंद बन्न तयार नेताहरु धेरै छन् । तर समानुपातिकमा पुरुष सासंदको संख्या २/३ जना मात्रै हुने भएकाले समस्या परेको छ । मोटो

रकम बुझाएर सूर्य चिन्हमा आफ्ना उम्मेदवार उठाएका चुरे भावर र परिवार दलका बद्री न्यौपाने र एकनाथ ढकालले सासंद बन्न पाउने सम्भावना क्षिण देखिएको छ ।

माओवादीमा पनि अवस्था त्यस्तै छ, तर पुरुष सासंद १/२ जना मात्र पठाउन पाउने भएकाले खरिद विक्री गर्न समस्या भइरहेको छ ।

पैसाको चलखेल बाहेक नातागोता र परिवारवादले पनि राम्रै स्थान पाउने निश्चित छ । प्रदेशसभामा जस्तै प्रतिनिधिसभाको समानुपातिकमा पनि पहुँच भएका नेताहरुले आफ्नी श्रीमतीलाई सासंद बनाउन लागेका छन् ।

नेपाली कांग्रेसका नेता वालकृष्ण खाँड र उनकी श्रीमती मञ्जु खाँड दुवैजना सासंद बन्ने पक्का जस्तै छ । त्यसैगरी माओवादीका नेता लिलामणि पोखरेलकी श्रीमती शशी श्रेष्ठ पनि सासंद बन्ने निश्चित जस्तै छ ।

एमालेमा शेरबहादुर तामाङ र विनोद खतिवडाकी श्रीमतिलाई पनि सासंद बनाउन लागिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?