महाराजगंजको नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत
सारांश
- माधव बेल्वासे, कपिलवस्तु (चन्द्रौटा) ११ असार ।
- कपिलवस्तुको महाराजगंज नगरपालिकाको नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
- कृषि उद्योग रोजगार र पुर्वधार, सुशासन र विकाश महाराजगंजको आधार भन्ने नारा सहित आगामी आर्थिक वर्ष ०७५।
माधव बेल्वासे, कपिलवस्तु (चन्द्रौटा) ११ असार । कपिलवस्तुको महाराजगंज नगरपालिकाको नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।कृषि उद्योग रोजगार र पुर्वधार, सुशासन र विकाश महाराजगंजको आधार भन्ने नारा सहित आगामी आर्थिक वर्ष ०७५।०७६को निति तथा कार्यक्रम नगरप्रमुख अव्दुल कलामले प्रस्तुत गरे ।
विगत एक वर्षको समयमा नगरपालिकाले अव्यावस्थीत बस्तीका सडकहरुलाई पि सि सि गर्ने योजना अनुसार संचालीत कार्यक्रमले ३५ वटा वस्तीहरुमा सडम निमार्ण भइसकेको प्रमुख कलामले वताए ।नगरपालिका स्तरीय सडकको स्तरउन्नती भई १२ महिनाको सडक संचालन हुने अवस्थामा परिणत रहेको वताए ।
चालु आर्थिक वर्षमा अधिंकाश वजेट पुर्वधार विकाश लक्षीत गरेर विनियोजन गरेकोले नगरपालिकाले पुर्वधार तर्फ उल्लेखनीय विकाश गरेको कलामले वताए ।नगरलाई आवश्यक ऐन,कानुन नियम निर्देशिका निमार्ण गरी स्थानिय सरकार संचालनलाई प्रभावकारी बनाउन नगरपालिकाले गृहकार्य गरिरहेको नगरप्रमुख कलामले वताए ।
नगरलाई समृद्ध बनाउने उद्देश्य स्वरुप आगामी कार्यक्रम अन्तरर्गत नगरपालिकालाई सुशासन को प्रत्याभुती गराई भ्रष्टचारलाई जन्य क्रियाकलाप प्रति शुन्य सहनशिलता अवधारणा प्रदान गरिने वताइएको छ ।आगामी आर्थिक वर्षमा नगरप्रहरीको दरवन्दि स्वीकृत गरी नगरप्रहरीको व्यावस्था गर्ने कार्यक्रम रहेको छ । रोजगारीको लागी विभिन्न सिपमुलक तालिमहरु संचालन गरिने कार्यक्रम राखीएको छ ।त्यस्तै सामाजिक विकाश तर्फ व्यावसायिक तथा प्रविधिक शिक्षालाई जोड दिदै प्राविधिक शिक्षालय स्थापना गरी संचालन गर्ने, नगरपालिकालाई पुर्ण साक्षर घोषणा गर्ने ,वालमैत्री स्थानिय शासन पद्धती सुरुवात गर्ने,२५ शैयाको अस्पताल निमार्ण गर्ने लगाएत अन्य चेतनामुलक कार्यक्रम गर्ने निति तथा कार्यक्रम रहेको छ ।
नगरपालिकाको पुर्वधार विकाश तर्फ यस वर्ष सुरु भएका योजनाहरुलाई निरन्तरता दिने,नगरभित्र रिङरोड निमार्ण,विद्युतीकरणलाई व्यावस्थित गर्ने,शौर्यवत्ति जडान गर्ने,नगरभित्र नमुना वस्ती निमार्णको अध्यान गरी कार्य अघि वढाउने,सुकुम्वासीको लागत संकलन गरी व्यावस्थापन गर्ने,खानेपानि योजना मर्मत तथा निमार्ण गरिने योजना रहेको नगरप्रमुख कलामले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै कृषि क्षेत्रमा भु उपयोग निति निमार्ण गरिने,कृषि क्षेत्रको विकाशको लागी वैज्ञानिक र व्यवसायीक खेती प्रणाली अवलम्बन गरिने,कृषकलाई मल,विउको अनुदान व्यवस्था गर्ने, तरकारी तथा च्याउ खेतीलाई विशेष जोड दिने,नगरपालिका भित्र रहेका मठ मन्दिर मदरसा मस्जीद लाई व्यावस्थित गरिने वताइएको छ ।नगरप्रमुख अब्दुल कलाम ले प्रस्तुत गरेको निति तथा कार्यक्रम सभाले पारीत गरेको छ ।समृद्ध महाराजगंज सबैको परिकल्पाना रहेको वताउदै नगरसभा समापन भएको छ ।
प्रतिक्रिया