किन दोस्रोपटक विहे गदैछन् प्रचण्ड ?
सारांश
- नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विवाह गर्ने भएका छन् ।
- प्रचण्ड निकट स्रोतका अनुसार आगामी वैशाख २६ गते प्रचण्ड र सीता बीच विवाह भएको ५० वर्ष पुग्दैछ ।
- र, सोही अवसरमा उनीहरुले पून विवाह गर्न लागेका हुन् ।
नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विवाह गर्ने भएका छन् । प्रचण्ड निकट स्रोतका अनुसार आगामी वैशाख २६ गते प्रचण्ड र सीता बीच विवाह भएको ५० वर्ष पुग्दैछ । र, सोही अवसरमा उनीहरुले पून विवाह गर्न लागेका हुन् ।
रातोपाटीमा प्रकाशित खबर अनुसार त्यस दिन औपचारिक रुपमै प्रचण्डले सीतालाई सिउँदोमा सिन्दुर हाल्ने कार्यक्रम तय भएको छ ।
प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको हो । प्रचण्ड निकट स्रोतकाअनुसार पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आउने गरेको छ ।
यस पुनः विवाहले सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया