यस्तो छ ब्राजिल फुटबलको बिश्वकप ईतिहास,

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १४, २०७५
|
|
२७ पटक हेरिएको
Shares
यस्तो छ ब्राजिल फुटबलको बिश्वकप ईतिहास,

सारांश

  • यतिबेला ब्राजिल छैटौं पटक विश्वकप जित्ने उद्देश्यका साथ रसियामा छ ।
  • विश्वकप फुटबलको २१ औं संस्करण फिफा विश्वपक २०१८ रसियामा जारी छ ।
  • गए  राती ब्राजिलले समुह चरणको अन्तिम खेल सर्बियासँग खेलेको थियो यो खेल पहिलो विश्वकपदेखि ब्राजिलले हाससम्म खेलेको १ सय ७ औं खेल हो ।

यतिबेला ब्राजिल छैटौं पटक विश्वकप जित्ने उद्देश्यका साथ रसियामा छ । विश्वकप फुटबलको २१ औं संस्करण फिफा विश्वपक २०१८ रसियामा जारी छ ।गए  राती ब्राजिलले समुह चरणको अन्तिम खेल सर्बियासँग खेलेको थियो

यो खेल पहिलो विश्वकपदेखि ब्राजिलले हाससम्म खेलेको १ सय ७ औं खेल हो । फिफा विश्वकप सन् १९३० देखि सुरु भएको हो । पहिलो संस्करणदेखि अहिलेसम्म सबै संस्करण खेल्ने विश्वको एक मात्र मुलुक पनि ब्राजिल नै हो ।

यस खेल भन्दा अघिसम्म ब्राजिलले विश्वकपमा १ सय ६ खेल खेलिसकेको छ । ब्राजिलले खेलेका १ सय ६ खेल मध्ये ७१ वटामा विजयी भएको छ भने १८ वटा बराबरी र १७ वटामा हार बेहोरेको छ ।

त्यस्तै ब्राजिलले विश्वकपमा खेलेका उक्त खेलमा २ सय २४ गोल गरेको छ भने १०३ गोल खाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?