इश्वर पोखरेलको नाम नलिइकनै प्रचण्डले भने कसैले बुझे पनि नबुझे पनि पार्टीको कार्यक्रम जनवाद नै हो
सारांश
- काठमाडौं।
- तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा गठन भएपछि नेकपा सचिवालय सदस्य इश्वर पोखरलेलले अध्यक्ष प्रचण्डमाथि प्रहार गर्न थालेका छन्।
- पोखरेलले सार्वजनिक कार्यक्रममा प्रचण्डमाथि टिप्पणी गर्दै नेकपा ‘हाँस न कुखुरा’ जस्तो भएको बताउने गरेका छन्।
काठमाडौं। तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा गठन भएपछि नेकपा सचिवालय सदस्य इश्वर पोखरलेलले अध्यक्ष प्रचण्डमाथि प्रहार गर्न थालेका छन्। पोखरेलले सार्वजनिक कार्यक्रममा प्रचण्डमाथि टिप्पणी गर्दै नेकपा ‘हाँस न कुखुरा’ जस्तो भएको बताउने गरेका छन्। पोखरेल नेकपाको सिद्धान्त जनताको बहुदलीय जनवादी हुनुपर्ने पक्षमा छन्। त्यही कारण उनी बेला बेलामा प्रचण्डलाई प्रहार गर्न भ्याउँछन् । बारम्बार पोखरेलले आफूप्रति प्रहार गरेको थाहा पाएका प्रचण्ड सोमबार भने पोखरेलप्रति आक्रामक बने । उनले पोखरेलको नाम नलिइकनै पार्टीको कार्यक्रम जनवाद नै भएको बताए । पोखरेलको नाम नलिइकन प्रचण्डले भने–पार्टीको कार्यक्रम जनताको जनवाद होइन भन्नेहरु पार्टीको कार्यक्रम नबुझेर कन्फ्युजन भइरहेका छन् ।
कसैले बुझेपनि नबुझेपनि पार्टी यही कार्यक्रमकासाथ अगाडि बढ्छ । दुई अध्यक्षबीच यही सहमति भएको हो ।’ प्रचण्डले आजको युग सुहाउने गरी पार्टीको सिद्धान्तलाई परिमार्जन र विकसित गर्दै लैजानुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले दुई पार्टीबीचको एकताबाट ऐतिहासिक र असाधारण कामको सूरुवात भएको उल्लेख गर्दै निराश नहुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।
यो पनि पढ्नुस्
सभामुखमाथि खनिए राजपा नेता कर्ण
काठमाडौं। राष्ट्रिय जनता पार्टीले संविधानको कार्यान्वयन र संसदको मर्यादा कायम राख्ने तर्फ गम्भीर भूमिका निर्वाह गर्न गर्न सभामुखको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राजपाका सासद लक्षमणलाल कर्ण संसदीय समितिको निर्देशन कार्यान्वयन गराई संसदीय मर्यादा कायम राख्न अभिभावकको भूमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराएका हुन्। संसदीय समितिले दिएको निर्देशन संबैधानिक निकायका प्रमुख र सरकारका मन्त्रीले मान्दिन भनेर संसदीय गरिमामाथि नै चुनौती दिने काम गरेको भन्दै उनले संसदका गरिमा, मर्यादा बचाउन अभिभावकको भूमिका निर्वाह गर्न सभामुखलाई आग्रह गरे। समिति र संसदको अवहेलना र उपहास नहोस् भन्नेतर्फ सचेत हुनुपर्नेमा उनले जोड दिए ।
राज्यव्यवस्था समितिले गरेको निर्देशन लोकसेवा आयोगले कार्यन्वयन नगरेकामा उनले आक्रोश पोखे। संसदीय समितिले लोकसेवा आयोगलाई विज्ञापन रोक्न निर्देशन गरेको र अत्यन्तै आवश्यक भए करारमा राख भनेको स्मरण गराउँदै उनले संसदको निर्देशन पालना नगरेर मन्त्री र लोकसेवा आयोगले संविधानको उलंघन गरेको दाबी गरे ।
प्रतिक्रिया