काठमाडौंको टोखामा गोली चल्यो, एक जना घाइते

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ५, २०७४
|
|
४९ पटक हेरिएको
Shares
काठमाडौंको टोखामा गोली चल्यो, एक जना घाइते

सारांश

  • काठमाडौं, ५ पुस ।
  • काठमाडौंको टोखास्थित झोरको जंगलमा बुधबार दिउँसो गोली चलेको छ ।
  • गोली लागेर एक जना महिला घाइते भएकी छिन् ।

काठमाडौं, ५ पुस । काठमाडौंको टोखास्थित झोरको जंगलमा बुधबार दिउँसो गोली चलेको छ । गोली लागेर एक जना महिला घाइते भएकी छिन् ।

घाइते हुनेमा स्थानीय ३५ वर्षीया दुर्गा दुलाल छिन् । नेपाल प्रहरीका एसपी रामदत्त जोशीले दिएकाे जानकारी अनुसार उनी घाँस काट्न गएको वेला गोली लागेको थियाे । स्थानीय युवकहरुले शिकार गर्ने क्रममा गोली चलाएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

थप अनुसन्धान भइरहेको छ ।प्रहरीका अनुसार दुलालको कुममा गोली लागेको छ । उनको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

महिला खतरामुक्त 

प्रहरीका अनुसार दुलालको कुममा गोली लागेको छ । उनको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकहरूले उनी अहिले खतरामुक्त रहेकाे बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?