उत्साहपुर्वक मतदान अर्घाखाँचीमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
५७ पटक हेरिएको
Shares
उत्साहपुर्वक मतदान अर्घाखाँचीमा

सारांश

  • मधुरा नन्दराम मावि ख केन्द्रमा पुन मतदान हुने नन्दराम मावि ख को मतदान सकेर मतगणना गरिने घनश्याम पौडेल सन्धिखर्क, २१ मंसिर ।
  • उत्साहवुवलौरोको साहारामा दुई घण्टा लगाएर हिडेर धातिवाङ्ग मावि मतदान केन्द्रमा मतदान गर्न आएका ९१ वर्षिय खिमबहादुर सारु ।
  • अव ५ वर्ष पछि मतदान केन्द्र पाईन्छ, कि पाईदैन, मतदान गर्न थालेको धेरै वर्ष भयो, मतदान गर्न पाउँदा खुसी छु, सारुले भने ।

मधुरा नन्दराम मावि ख केन्द्रमा पुन मतदान हुने नन्दराम मावि ख को मतदान सकेर मतगणना गरिने घनश्याम पौडेल सन्धिखर्क, २१ मंसिर । उत्साहवुवलौरोको साहारामा दुई घण्टा लगाएर हिडेर धातिवाङ्ग मावि मतदान केन्द्रमा मतदान गर्न आएका ९१ वर्षिय खिमबहादुर सारु ।

अव ५ वर्ष पछि मतदान केन्द्र पाईन्छ, कि पाईदैन, मतदान गर्न थालेको धेरै वर्ष भयो, मतदान गर्न पाउँदा खुसी छु, सारुले भने । मतदान केन्द्र नजिकै घर भएका ९४ वर्षिय छविलाल पौडेलले पनी सोही केन्द्रबाट मतदान गरे, मतदान गर्न पाउँदा खुसी छु, राम्रो नेता छान्नका लागी लौरोको सहारा लिएर मतदान गर्न आए उनले भने । जिल्लामा वृद्धवृद्धा, युवा पुस्तादेखी उम्मेदवारहरुले उत्साहपुर्वक मतदान गरे, स्थानिय तहको जस्तो चुनावी रौनक देखिएन अर्घाखाँचीमा । एक प्रतिनिधी सभा र दुई प्रदेश सभा रहेको अर्घाखाँचीमा ९३ स्थल तथा १७४ मतदान केन्द्रमा मध्ये १७३ मतदान केन्द्रमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको छ

। ६ स्थानिय तह रहेको अर्घाखाँचीमा स्थानिय तहमा जस्तो रौनक आएन, प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा । स्थानिय तहमा ७० प्रतिशत मत खसेको अर्घाखाँचीमा अहिले प्रतिशत मत ६४.४५ प्रतिशत मत खसेको छ । जम्मा ८७ हजार ८ सय ३४ जसमा पुरुष ३८ हजार ६ सय १३ र महिला ४९ हजार २ सय २१ जनाले मतदान गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले जानकारी दिए । १ लाख ३८ हजार ३ सय ३८ जना मतदाता रहेको अर्घाखाँचीमा स्थगित भएको मथुरा नन्दराम माविमा रहेका २ हजार ४४ मतदाता रहेका छन । मधुरा नन्दराम मावि ख केन्द्रमा पुन मतदान हुने सन्धिखर्क नगरपालिका वडा नंं. ५ मा रहेको मथुरा नन्दराम मावि मतदान स्थलको ख नं. मतदान केन्द्रमा पुन मतदान हुने भएको छ ।

निर्वाचन अधिकृतको हस्ताक्षर बिनाको मत पत्रमा मतदान गर्न लगाएपछि कांग्रेस कार्यकर्ताले मतपत्र जालाउनुका साथै मतपेटिका समेत फालेका थिए । मतपत्र जलाएपछि सो मतदान स्थल दिनभर तनावग्रस्त बनेको थियो । मतदान केन्द्र ख मा तनाव भएपछि मतदान केन्द्र क को मतदान पनि स्थगित गरिएको छ । यि दुइ केन्द्रमा गरि २ हजार ४४ मतदाता रहेका थिए करिव ५० प्रतिशत मतदान भएपछि विवाद उत्पन्न भएको थियो । ख मतदान केन्द्रमा पुन मतदान हुने भएको छ भने क मतदान केन्द्रमा बाँकी रहेका मतदाताले मतदान गर्ने भएका छन् ।

नेपाली कांग्रेसका नेता कार्यकर्ताले निर्वाचन अधिकृत सुरेन्द्र राज अधिकारीले नियोजित ढंगले मतपत्रमा हस्ताक्षर नगरि बाडेको आरोप लगाएका छन् । मतदान अधिकृत अधिकारीले भुलवस हस्ताक्षर नगरेका मत पत्र वितरण गरिएको बताएका छन् । मुख्य निर्वाचन अधिकृत राम चन्द्र पौडेलले निर्वाचन आयोगमा राय सहितको प्रतिवेदन पठाएको बताउँदै निर्वाचन आयोगले मिति तोकेको निर्वाचन गराउने बताए । जिल्लामा कुल १ लाख ३८ हजार ३ सय २८ मतदाता रहेका थिए । निर्वाचनमा महिला मतदताको संख्या धेरै रहेको थियो । कुल मतदता मध्ये ७१ हजार ३ सय ५० महिला र ६६ हजार ९ सय ७८ पुरुष मतदाता रहेका थिए । निर्वाचन क्षेत्र नं. १ मा ६५ हजार २ सय ६ र निर्वाचन क्षेत्र नं. २ मा ७३ हजार १ सय २२ मतदाता थिए ।

निर्वाचनमा सुरक्षा कर्मी बाहेक १ हजार ३ सय ९२ कर्मचारी परिचालन गरिएको थियो । मतपेटीका आउँदै जिल्लामा रहेका १७३ मतदान केन्द्रका मतपेटीका मध्यरातसम्म सन्धिखर्कमा ल्याईसक्ने अधिकारी शर्माले जानकारी दिए, विकट भनीएका सिद्धारा, सिमलपानी, जलुके लगाएतका मतपेटीका सन्धिखर्क मध्यरात सम्म आईपुग्ने र नजिकमा रहेका मतदान केन्द्रका मतपेटीका यो समाचार बनाउँदा बेलुका साढे ७ सम्ममा नै आईरहेको अधिकारी शर्माले बताए । स्थगित भएको मथुरा नन्दराम माविको मतदान सम्पन्न भएपछी मात्रै जिल्लाको मतगणना सुरु हुने उनले बताए ।

(https://theshabazzcenter.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुद्ध एयरको जहाजले किन गर्‍यो ‘ओभरसुट’
बुद्ध एयरको जहाजले किन गर्‍यो ‘ओभरसुट’
एनजिओ बनेका यातायात समितिले राज्यलाई एक रुपियाँ पनि कर तिर्दैनन्
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी कार्कीले सम्हाले जिम्मेवारी
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी कार्कीले सम्हाले जिम्मेवारी
मन्त्रालय भित्रै हातपात, सरुवाकाे विषयमा विद्यालय निरीक्षक द्वारा उपसचिव माथि हमला !
मन्त्रालय भित्रै हातपात, सरुवाकाे विषयमा विद्यालय निरीक्षक द्वारा उपसचिव माथि हमला !
एमाले र राजपाबीच नयाँ तालमेल : संविधान संशोधनदेखि सत्तासमीकरणसम्म
एमाले र राजपाबीच नयाँ तालमेल : संविधान संशोधनदेखि सत्तासमीकरणसम्म
बामदेवलाई ओली–प्रचण्डले राष्ट्रपति बनाउलान् त ?
बामदेवलाई ओली–प्रचण्डले राष्ट्रपति बनाउलान् त ?
समानुपातिक मतगणना जारी: कांग्रेस र एमाले ल्याए आठ लाख बढी मत
समानुपातिक मतगणना जारी: कांग्रेस र एमाले ल्याए आठ लाख बढी मत
तीस लाखभन्दा कम लागतका योजनामा निर्णय नहुँदा अन्योल
तीस लाखभन्दा कम लागतका योजनामा निर्णय नहुँदा अन्योल
खेलाडीलाई चाहिने वातावरण देशमा नभएको गुनासो सन्दीप लामिछाने
खेलाडीलाई चाहिने वातावरण देशमा नभएको गुनासो सन्दीप लामिछाने
यी हुन् कांग्रेसले अग्रता लिएका नगरपालिका
यी हुन् कांग्रेसले अग्रता लिएका नगरपालिका