प्रचण्डको हातमा घुमिरहेछ सरकारको साँचो : कांग्रेसलाई पर्यो चिठ्ठा, एमाले बेचैन
सारांश
- काठमाडौं, पुस १८ ।
- संवैधानिक जटिलताको कारण देखाउँदै मुलुकमा पछिल्लो समय जारी राजनैतिक गतिरोधको ‘सूत्रधार’ माओवादी अध्यक्ष प्रचण्ड भएको खुलेको छ ।
- कहिले निर्वाचन आयोग त कहिले कांग्रेसलाई अघि सार्दै प्रचण्डले नै एमाले नेतृत्वमा सरकार गठन हुन नदिएको माओवादीभित्रकै नेता दावी गर्छन् ।
काठमाडौं, पुस १८ । संवैधानिक जटिलताको कारण देखाउँदै मुलुकमा पछिल्लो समय जारी राजनैतिक गतिरोधको ‘सूत्रधार’ माओवादी अध्यक्ष प्रचण्ड भएको खुलेको छ । कहिले निर्वाचन आयोग त कहिले कांग्रेसलाई अघि सार्दै प्रचण्डले नै एमाले नेतृत्वमा सरकार गठन हुन नदिएको माओवादीभित्रकै नेता दावी गर्छन् । माओवादी स्रोतका अनुसार प्रचण्डको ‘पोजिसन’ स्पष्ट नभएका कारण एमाले नेतृत्वमा सरकार गठन हुन नसकेको हो । यदि प्रचण्डको पोजिसन स्पष्ट हुने हो भने गतिरोध तत्काल हट्न सक्छ ।
एमाले र माओवादीबीच पार्टी एकीकरण हुने भनिएपनि एकीकृत पार्टीमा प्रचण्डको स्थान के हुने भन्ने स्पष्ट छैन । निर्वाचनमा जानुअघि केपी ओली प्रधानमन्त्री र प्रचण्ड पार्टी अध्यक्ष हुने चर्चा चले पनि त्यसको औपचारिक घोषणा गरिएको थिएन । घोषणा नगरिएपनि मौखिक सहमति भने यस्तै भएको दुवै पार्टीका नेताहरुले दावी गरेका थिए । यही सहमतिका आधारमा आफ्नो पोजिसन सुनिश्चित भएको विश्वासका साथ प्रचण्ड निर्वाचनमा गएका थिए ।
माओवादी स्रोतका अनुसार प्रचण्डको ‘पोजिसन’ स्पष्ट नभएका कारण एमाले नेतृत्वमा सरकार गठन हुन नसकेको हो । यदि प्रचण्डको पोजिसन स्पष्ट हुने हो भने गतिरोध तत्काल हट्न सक्छ ।
निर्वाचन परिणामले एमालेलाई सबैभन्दा ठूलो पार्टी बनाइदियो । प्रत्यक्षतर्फको प्रारम्भिक परिणामले त एमाले एक्लैको बहुमत पुग्ने संकेतसमेत देखिएपछि एमालेको एक्लै सरकार बन्नेसम्मका कुराहरु चर्चामा आए । यही समयमा एमालेका केही प्रभावशाली नेताहरुले प्रधानमन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता एउटै व्यक्ति हुनुपर्ने धारणा सार्वजनिक गरेपछि यसले प्रचण्डलाई सशंकित बनायो । त्यसमाथि त्यही समय एमालेले सत्ता साझेदारीको लागि उपेन्द्र यादवसँग छलफल अगाडि बढायो । यसले प्रचण्डलाई आफ्नो पोजिसन धरापमा परेको भान भयो ।
एमालेले उपेन्द्र यादवसँग छलफल अगाडि बढाएसँगै प्रचण्डले आफ्नो बलियो हैसियत बनाउनु जरुरी देखियो । अन्यथा उनी आफैं संकटमा पर्ने अवस्था थियो । यदि उपेन्द्र यादव एमालेसँग सहकार्य गर्न आइदिए यी दुई दलको सिटले मात्रै बहुमत पुग्ने स्थिति छ । यस्तो अवस्थामा प्रचण्ड एमालेसँग बार्गेनिङ गर्ने बलियो हैसियतमा हुने छैनन् । प्रचण्डले पार्टी अध्यक्ष दावी गर्दा एमालेले नदिने र प्रचण्डलाई ‘जे सक्छौ गर’ भनेर पार्टी एकीकरण नगरी फोरमसँग मिलेर अघि बढिदियो भने प्रचण्ड नराम्रोसँग पछारिनेछन् । यही संकटबाट पार पाउनका लागि प्रचण्डले संवैधानिक संकट निम्त्याएका छन् । एमालेले फोरमसँग छलफल गरेर तर्साएपछि प्रचण्डले एमालेसँग बार्गेनिङका लागि यो संकट ल्याएका हुन् ।
एमालेका केही प्रभावशाली नेताहरुले प्रधानमन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता एउटै व्यक्ति हुनुपर्ने धारणा सार्वजनिक गरेपछि यसले प्रचण्डलाई सशंकित बनायो ।
निर्वाचन परिणाम आएपछि पनि एमाले र माओवादीका कुरा फरक–फरक छन् । एमालेले पहिले सरकार गठन भनेको छ र माओवादीले पहिले पार्टी एकीकरण भनेको छ । पहिले पार्टी एकीकरण भए आफ्नो हैसियत प्रस्ट हुने प्रचण्डको ठम्याइ छ र उनी एकीकरण पहिले गर्ने पक्षमा छन् । तर एमाले सरकारमा जान हतार गरेको छ । संविधानअनुसार एकपटक गठन भएको सरकार २ वर्ष ढल्दैन । एमाले सरकारमा गइहाल्यो भने २ वर्षसम्म आफ्नो बार्गेनिङ गर्ने बलियो हैसियत नहुने भएकोले प्रचण्ड अहिल्यै पार्टी एकीकरण गरिहाल्न चाहन्छन् ।
प्रचण्डले पार्टी एकीकरण चाहेको भए पनि एमालेले सरकार गठनलाई पहिलो र एकीकरणलाई दोस्रो प्राथमिकतामा राखेपछि प्रचण्ड सशंकित भए । अहिले प्रचण्डसँग बार्गेनिङ पावर छ र यो पावर छँदै उनी आफ्नो हैसियत सुनिश्चित गर्न चाहन्छन् । यही कारण उनी पार्टीमा आफ्नो पोजिसन सुनिश्चित नभएसम्म एमालेलाई सरकारको नेतृत्व गर्न नदिने योजनामा छन् । यही योजनाअनुसार प्रचण्डले प्रमुख निर्वाचन आयुक्तलाई आफ्नो चाहनाअनुसार संचालन गरिरहेका छन् ।
प्रचण्डले पार्टी एकीकरण चाहेको भए पनि एमालेले सरकार गठनलाई पहिलो र एकीकरणलाई दोस्रो प्राथमिकतामा राखेपछि प्रचण्ड सशंकित भए ।
यस्ता केही तथ्यहरु पनि छन् जसले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव प्रचण्डको इशारामा चलिरहेको कुरालाई पुष्टि गर्न सघाउँछन् । प्रमुख निर्वाचन आयुक्त यादव माओवादीनिकट व्यक्ति हुन् भन्ने कुरा लुकेको छैन । उनी माओवादीकै कोटाबाट निर्वाचन आयुक्त बनेका हुन् । त्यसमाथि उनकी बुहारी प्रमिलाकुमारी यादव प्रदेश नम्बर २ मा माओवादीकै तर्फबाट प्रदेशसभाको समानुपातिक उम्मेदवार थिइन् । माओवादी भनेर प्रष्ट चिनिएका यादवले माओवादी नै सहभागी हुने सरकार गठनमा बिलम्ब गर्नुको चित्तबुझ्दो कारण भेटिन्न । सिवाय उनलाई माओवादी नेतृत्वले नै निर्देशित गरेको होस् । तर, उनले संविधानमा व्यवस्था गरिएको महिला सहभागिताको कुरालाई लिएर समानुपातिक निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाउन मानेका छैनन् ।
समानुपातिक परिणाम सार्वजनिक गर्ने विषयमा संवैधानिक कारण देखाएर परिणाम रोके पनि यादवले यस विषयमा केही अगाडि अर्कै कुरा गरेका थिए । समानुपातिक मतगणना सकिएलगत्तै राष्ट्रपतिलाई भेटेका यादवले राष्ट्रपतिसँग महिला सहभागिता सुनिश्चित गर्नको लागि मात्रै समानुपातिक परिणाम रोक्नुपर्ने अवस्था आएको र यदि महिला सहभागिता सुनिश्चित हुने अवस्था भएमा परिणाम सार्वजनिक गर्न समस्या नहुने बताएका थिए । तर, अहिले उनले आफ्नो यो कुराबाट एकाएक ‘यु–टर्न’ लिनु शंकास्पद छ ।
महिला सहभागिता सुनिश्चित हुने अवस्था भएमा परिणाम सार्वजनिक गर्न समस्या नहुने बताएका यादव यो कुराबाट एकाएक ‘यु–टर्न’ लिनु शंकास्पद छ ।
यादवले बोली फेरेको यो पहिलो पटक होइन । यसअघि समानुपातिक सांसद छान्ने विषयमा पनि यादवको बोली फेरिएको छ । उनले निर्वाचनअघि दलहरुले बुझाएको समानुपातिक सूचीको रोलक्रम फरक पार्न नपाइने बताएका थिए । तर, निर्वाचन परिणामपछि उनको बोली फेरियो र उनले निर्वाचन कानुनमा ‘सकेसम्म’ रोलक्रमअनुसार भनिएकोले रोलक्रमअनुसार नै सांसद छान्न बाध्यता नहुने बताए । यतिबेला उनको बोली फेरिनुको कारण थिइन् उनकी बुहारी प्रमिलाकुमार यादव । रोलक्रमअनुसार सांसद छान्दा उनकी बुहारी सांसद नबन्ने भएपछि उनले रोलक्रमको बाध्यता हटाएका थिए । उनले यो बाध्यता हटाएसँगै उनकी बुहारी रोलक्रम मिचेर माओवादीबाट सांसद बनिन् ।
यी दुवै घटनामा पचण्डको प्रत्यक्ष संलग्नता भएको देखिन्छ । समानुपातिकको रोलक्रम मिच्ने कुरामा प्रचण्डले रोलक्रम नमिचे उनकी बुहारी सांसद नबन्ने भनेपछि यादवले प्रचण्डका लागि बाटो खोलिदिएका थिए । राष्ट्रिय सभा गठन नभइ समानुपातिक परिणाम सार्वजनिक नगर्ने अडानमा पनि प्रचण्डकै निर्देशन भएको विश्वास गरिएको छ । माओवादी भनेर चिनिएका यादवले कांग्रेसको बोली बोल्नुको कुनै तुक छैन । उनले कांग्रेसलाई सघाएका पनि होइनन् । उनले त पार्टीमा आफ्नो पोजिसन निश्चित नहुँदासम्म एमालेलाई सरकारमा जान नदिने रणनीतिमा प्रचण्डलाई सघाएका हुन् । प्रचण्डलाई सघाउँदा कांग्रेसलाई फाइदा हुनु संयोगमात्र हो । अर्कै उद्देश्यले ल्याइएको संवैधानिक जटिलताले कांग्रेसलाई चिठ्ठा परेको मात्र हो ।
स्रोत : डिसीनेपाल
Govinda Subedi
Sanka lagxa.biswas lagdaina
Premsagar Ghimire
Kk huna sakne hola.
Ganga Thapa
Democracy requires freedom, but it also requires individual responsibility. Nepal’s problem are also absurd populism it would only deepen dustrust in politics. What an irony, politics is the most profitable business in Nepal today. The only skill needed is to be extremely dishonest.
Jirel Tika
अब ओलिजी बुढेसकालमा झोक्राएरै बसोस देश र जन्तालाई बन्दक बनाएर ?!! बैमानीको राजा !! औंला दिदा डुडुल्को निल्न खोज्ने ?!!
Amir Maharjan
Thiki 6 Hami janta paryo.pa6 daklas Nata bhanudo Haru
Prakash Thapa
Janatako mat ko k mtlb sab lai aafnai chinta xa
Rajesh Khanal
त्यसको वाच डग जनता जनार्दन हुन् इतिहासको कठघरा मा देउवा प्रचण्ड इभन मोदीहरु समेतले उभिनु पर्ने छ
Lama Keto
pm kp nai hunuparxa
Naresh Limbu
Audo cunab ma mawabadi by by
चमेरे कान्छा लिम्बु
यदि एमाले इमान्दार नबन्ने हो भने, नेपालीहरु बाम एकताको चाहाना बिपरित जाने हो भने सजिलै बहुमतको सरकार बनाउन सक्छ । काङ्ग्रेस, माओबादी केन्द्र, राजपा, फोरम चार पार्टी मिकेर बन्ने समिकरण भन्दा दुई पार्टिको समिकरण सहि हुन्छ त्यो समिकरण उपप्रधान मन्त्री उपेन्द्र यादव तथा सोह्र जना साम्सद मध्ये ७ मन्त्रालय फोरमलाई दियो भने सबैको हल्ला ५ बर्षलाइ चुप हुन्छ तर एमाले बाम एकता बिरुद्द पटक्कै जाने सोचमा छैन ।
Dhakaram Acharya
Ma ke hos gar
परदेसी कान्न्छा
Mawo badi bye cut garda huncha aba
Emansinghtamang Tamang
Kangresh ko kura sunera prachanda le khelpad garna khojyo vane maubadi tesorro ma pugeko patti 5barsa paxxi yekai choti 0 ma pugla hoss garnu
Prakas Rana
Deuba ko kunai kura nasune hunchha, Prachanda ko kunai biswas nagare hunchha, Oli lai 100% biswas gare pugchha.
Surya Shrestha
यदि यो कुरा सत्य हो भने अन्ततः सकिने सबैभन्दा पहिला प्रचण्ड नै हो ।
Mukunda Wagle
Maobadi ka mantri le kin Rajinama gardainan k karan hola?
Salon Rai
Yemalele Aba desh ko lagi daro kadam utaune chunauti ako xa jasto lageko xa mlai afule dosh kheperai vayepani bamyekta sekta xodera jasle sath dinxa uslai liyera Sarkar bnau Nepali janta ko Vote ? ko bichar gara ra kadar kara Nirny j garnu parepani paxi nahata Camred K. P Oli?
Bibekanand Pandey
पुष्पकमल को भविष्य कमल थापा को जस्तै हुने लक्षण देखिन्छ यदि जनादेश को कदर गरेनन् भने ! पाँच बर्ष ओलि को सरकार नै यो चुनाव को जनादेश हो !
Kamal Gautam
OLI CAMRED KIN BECHAIN HUNU BHAYEKO 5 YEARS SATTA RAMRARI CHALAUNU HOS dhoka dine lae pakha lagaunus biswasilo gathbandhan chhanus
Naresh Niroula
यो सबै प्रचण्ड को खेल हो सबैलाई थह भएकै हो अयोधी यादब प्रचण्डको खास मानछे हो । बुहारीलाई समेत साम्सद बनाई सके प्रचण्ड ले जे भन्यो तेहि गर्छ अयोधिले यो सबै मिले मतो हो ।नेकपा एमालेलाई बिगार्ने चुनाब पहिला देखिनै मिलेर लागेका हुन सबै आआफ्नो छेत्रबाट ।
Bibash Pm
यो देश भाईरस भएकै कारण नेपालले यो गति भयको हो यस्लाई चाहिँ किन काले नलगेको बिचरा छोरो पो गयो बरु यो गएको भए आन्दै हुन्थ्यो होला !
Bimalnepali Abiral
केपीको चलाखपन अनि एमालेको घमण्ड त प्रचण्डले छर्लङ्ग पारिदिय नि अब के नै बाकी रयो र केपी सङ्ग देशको हिरो नै प्रचण्ड रहेछ।