फरार अभियुक्त २६ वर्षपछि पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १३, २०७६
|
|
२९ पटक हेरिएको
Shares
फरार अभियुक्त २६ वर्षपछि पक्राउ

सारांश

  • काभ्रेपलाञ्चोक।
  • काठमाडौँ जिल्ला अदालतले विसं २०५० जेठ १९ गते नकवजनी चोरी मुद्दामा कैद तथा जरिवाना गर्नुपर्ने फैसला सुनाएपछि फरार रहेका रोशी गाउँपालिका–७ का ५१ वर्षका नीरबहादुर लामालाई २६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ परेका लामालाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

काभ्रेपलाञ्चोक। काठमाडौँ जिल्ला अदालतले विसं २०५० जेठ १९ गते नकवजनी चोरी मुद्दामा कैद तथा जरिवाना गर्नुपर्ने फैसला सुनाएपछि फरार रहेका रोशी गाउँपालिका–७ का ५१ वर्षका नीरबहादुर लामालाई २६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।पक्राउ परेका लामालाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। उनका अनुसार लामा २६ वर्षदेखि फरारको सूचीमा थिए। उनलाई रु दुई लाख १५ हजार ४७५ जरिवाना र एक महीना १५ दिन कैद सजाय तोकिएको थियो।

लामालगायत गाली बेइज्जती, बोक्सी आरोप, बहुविवाह, चेक अनादर, सवारी ज्यान, चोरी, जबर्जस्ती करणी, अपहेलना, कुटपिट र जालसाजी मुद्दामा कैद भुक्तान गर्न बाँकी रहेका १८ फरार अभियुक्तलाई यसै हप्ता पक्राउ गरिएको उनले बताए।पक्राउ परेका गाली बेइज्जती मुद्दाका पनौती नगरपालिका–३ का शेषनारायण तिमल्सिना, जयराम तिमल्सिना, जयदेव तिमल्सिना र जोगमाया तिमल्सिनालाई रु १४५ जरिवानाका साथै एक महीना १५ दिन कैद सजाय तोकिएको थियो।

यस्तै फरार रहेका बोक्सी आरोप मुद्दाका रोशी गाउँपालिका–८ का ३७ वर्षीया सुविना तामाङ, बहुविवाह मुद्दाका नमोबुद्ध नपा–५ का ३१ वर्षीय राम लामा, चेक अनादर मुद्दाका धुलिखेल नपा–७ का ३६ वर्षीय सुनिल लामा, सवारी ज्यान मुद्दाका धुलिखेल नपा–८ का ३४ वर्षीय राजकुमार लामा, चोरी मुद्दाका नमोबुद्ध नपा–५ का ३८ वर्षका जीतबहादुर तामाङ, जबर्जस्ती करणी मुद्दाका नमोबुद्ध नपा–७ का ४० वर्षीय उज्ज्वल खनाल, जालसाजी मुद्दाका पनौती नपा–८ का २५ वर्षीय अमिर केसी र ४८ वर्षीया तुलसा केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

काभ्रेपलाञ्चोक प्रहरीले यसै हप्ता जबर्जस्ती करणी अभियोगका मण्डन देउपुर नगरपालिका–१० का ३१ वर्षीय रामबहादुर लामा, अपहेलना मुद्दाका रोशी गाउँपालिका–१ का ५९ वर्षीय बेतमान तामाङ, चोरी मुद्दाका पाँचखाल नपा–८ होक्सेका ३१ वर्षीय कुमार तामाङ तथा कुटपिट मुद्दाका रोशी गाउँपालिका–८ का ४५ वर्षीया सुन्दरी तामाङ र ७० वर्षीया होसिला तामाङलाई पक्राउ गरेको छ।पक्राउ परेकामध्ये अधिकांश विभिन्न मुद्दामा जरिवाना तथा कैद भुक्तान गर्न बाँकी रहेकाले तिनलाई सम्बन्धित जिल्ला अदालत बुझाइएको प्रनाउ गिरीले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

९० सेकेण्डमै ७७ जिल्लाका नाम सहित सदमुकाम भन्ने यी व्यक्ति (भिडियो सहित)
९० सेकेण्डमै ७७ जिल्लाका नाम सहित सदमुकाम भन्ने यी व्यक्ति (भिडियो सहित)
जब रेफ्रीले रोनाल्डोसँग उनको जर्सी मागे
अधिवक्ता अर्याल भन्छन्–राष्ट्रपतिले संसदलाई फेरि क्रियाशील हुने बाटो ल्याउन सक्नुहुन्छ
अधिवक्ता अर्याल भन्छन्–राष्ट्रपतिले संसदलाई फेरि क्रियाशील हुने बाटो ल्याउन सक्नुहुन्छ
Демо Игровые Автоматы Играть Бесплатно кроме Регистрации В Слоты%2C Особенности Версии также Игре В Онлайн Казино
विवाहकै दिन सासुले ज्वाईलाई रक्सी पिलाउने समाज
विवाहकै दिन सासुले ज्वाईलाई रक्सी पिलाउने समाज
शासनपद्धति जीवन पद्धतिसँग जोडिनुपर्दछ : प्रदेश प्रमुख गुरुङ
शासनपद्धति जीवन पद्धतिसँग जोडिनुपर्दछ : प्रदेश प्रमुख गुरुङ
आज खीर खाने दिन
आज खीर खाने दिन
आगलागीमा जलेका घर नगरपालिकाले बनाइदिने
आगलागीमा जलेका घर नगरपालिकाले बनाइदिने
शेर्पा विद्यार्थी संघको १२औँ महाधिवेसन सम्पन्न, डेमा छिरिङ बनिन् नयाँ अध्यक्ष
शेर्पा विद्यार्थी संघको १२औँ महाधिवेसन सम्पन्न, डेमा छिरिङ बनिन् नयाँ अध्यक्ष
यौनकर्मी र लागूऔषध को कारण टंकप्रसाद भट्टराई को हत्या
यौनकर्मी र लागूऔषध को कारण टंकप्रसाद भट्टराई को हत्या

तपाईंले छुटाउनुभयो कि?