सुशिला कार्कीविरुद्ध लगाइएका आरोपहरु प्रमाणित गर्न सक्नुपर्छ-स्वास्थ्यमन्त्री गगन थापा

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १८, २०७४
|
|
२३०५ पटक हेरिएको
Shares
सुशिला कार्कीविरुद्ध लगाइएका आरोपहरु प्रमाणित गर्न सक्नुपर्छ-स्वास्थ्यमन्त्री गगन थापा

सारांश

  • काठमाडौं— कांग्रेस केन्द्रीय सदस्य एवं स्वास्थ्यमन्त्री गगन थापाले प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोगमा जाने निर्णयको पार्टीले पुष्टि गर्नुपर्ने बताएका छन्।
  • आफ्नो पार्टीले महाअभियोग प्रस्ताव दर्ता गरिसकेको सन्दर्भमा त्यसप्रति आफ्नो व्यक्तिगत विचारको कुनै अर्थ नहुने उनले बताए।
  • ‘महाअभियोगका लागि जे जे आरोप लगाइएका छन् त्यो पार्टीले पुष्टि गर्नुपर्छ।

काठमाडौं— कांग्रेस केन्द्रीय सदस्य एवं स्वास्थ्यमन्त्री गगन थापाले प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोगमा जाने निर्णयको पार्टीले पुष्टि गर्नुपर्ने बताएका छन्। आफ्नो पार्टीले महाअभियोग प्रस्ताव दर्ता गरिसकेको सन्दर्भमा त्यसप्रति आफ्नो व्यक्तिगत विचारको कुनै अर्थ नहुने उनले बताए।

‘महाअभियोगका लागि जे जे आरोप लगाइएका छन् त्यो पार्टीले पुष्टि गर्नुपर्छ। अन्यथा हामीले मूल्य चुकाउनु पर्छ। त्यसरी मूल्य चुकाउँदा दलले कति चुकाउने, नेताले कति चुकाउने र अरुले पनि के कति मूल्य चुकाउने पछि मात्र थाहा हुनेछ।’

फेसबुकबाट गरिएको प्रत्यक्ष अन्तरक्रियामा बोल्दै उनले भने, ‘महाअभियोगका लागि जे जे आरोप लगाइएका छन् त्यो पार्टीले पुष्टि गर्नुपर्छ। अन्यथा हामीले मूल्य चुकाउनु पर्छ। त्यसरी मूल्य चुकाउँदा दलले कति चुकाउने, नेताले कति चुकाउने र अरुले पनि के कति मूल्य चुकाउने पछि मात्र थाहा हुनेछ।’

प्रधान न्यायाधीश कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुँदैगर्दा आफू मन्त्रालयको काम रहेको र सञ्चार माध्यमबाट खबर थाहा पाएको उनले बताए। ‘पहिलो पटक यो समाचार सुन्दा म आफै पनि स्तव्ध भएँ। अचम्मित भएँ’, उनले भने, ‘खबर सुनेपछि यसको वास्तविकता बुझ्न योसँग जोडिएका कुराहरुबारे सोधखोज सुरु गरेँ।’

संविधानमा महाअभियोगको प्राबधान रहेको उल्लेख गर्दै उनले त्यसलाई पटक पटक प्रयोग गरिनु राम्रो नभएको बताए।

महाअभियोग प्रस्तावमा समेटिएका भन्दा पनि अरु गम्भीर कुराहरु नेतामार्फत् आफूले सुनेको उनले बताए। ‘यस विषयमा आज मैले मेरै सभापति मात्र होइन अरु केही नेताहरुबाट पनि गम्भीर कुराहरु सुनेको छु। यदि त्यस्तो हो भने कार्कीविरुद्ध लगाइएका आरोपहरु प्रमाणित गर्न सक्नुपर्छ’, उनले भने। कांग्रेसले महाअभियोगको विषय र सान्दर्भिकता आफ्ना कार्यकर्तालाई मात्र होइन सिङ्गो देशलाई बुझाउनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?