उखु किसानको पैसा नदिने उद्योगीलाई कारवाही गर्न निर्देशन

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १४, २०७६
|
|
३६ पटक हेरिएको
Shares
उखु किसानको पैसा नदिने उद्योगीलाई कारवाही गर्न निर्देशन

सारांश

  • काठमाडौं।
  • संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिले उखु किसानहरुलाई पैसा नदिने उद्योगीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।
  • समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले किसानको पैसा तत्काल दिलाउन र आलटाल गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो।

काठमाडौं। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिले उखु किसानहरुलाई पैसा नदिने उद्योगीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले किसानको पैसा तत्काल दिलाउन र आलटाल गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो। उखुको पैसा नदिएको भन्दै आन्दोलनरत उखु किसानहरु संसदीय समितिमा उपस्थित भएर आफ्नो समस्या सुनाएपछि समितिले उक्त निर्देशन दिएको हो।
बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले चिनी मिलका सञ्चालकहरु भागेको बताए। उनले किसानहरुको उखुको मूल्य नतिर्ने अन्नपूर्ण सुगर मिलका मालिक राकेश अग्रवाल र महालक्ष्मी सुगर मिलका मालिक वीरेन्द्र कनौडिया सम्पर्कमा नरहेको र सरकारले खोजिरहेको बताए।
समितिमा उपस्थित भएका उखु किसानहरुले अन्नपूर्ण सुगर मिलले ५० करोड र महालक्ष्मी सुगर मिलले २१ करोड रुपैयाँ किसानलाई नतिरेको बताएका छन्। त्यस्तै सरकारले दिने अनुदान समेत नपाएको र उखु मिलले समेत उचित मूल्य नदिएको गुनासो किसानहरुको थियो।
किसानहरुले उखुको भुक्तानी पाउनुपर्ने भन्दै केही दिनदेखि काठमाडौंको माइतिघरमा आन्दोलन गरिरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनका अस्पतालमा थपिँदै स्क्रब टाइफसका बिरामी, राप्ती र कालिका नगरपालिका बढी प्रभावित भएको प्रतिवेदन सार्वजनिक
चितवनका अस्पतालमा थपिँदै स्क्रब टाइफसका बिरामी, राप्ती र कालिका नगरपालिका बढी प्रभावित भएको प्रतिवेदन सार्वजनिक
विश्वप्रकाशको नेकपालाई जवाफ : ‘हाम्रो प्रिय जय नेपाललाई तिम्रो स्टालिनको लालसलाम चाहिँदैन्’
विश्वप्रकाशको नेकपालाई जवाफ : ‘हाम्रो प्रिय जय नेपाललाई तिम्रो स्टालिनको लालसलाम चाहिँदैन्’
छाक टार्न मुस्किल पर्ने वुवाले छाेरिकाे लागी हेलिकप्टर झिकाएपछी…
छाक टार्न मुस्किल पर्ने वुवाले छाेरिकाे लागी हेलिकप्टर झिकाएपछी…
पुरानै उम्मेदवार, पुरानै आश्वासन
पुरानै उम्मेदवार, पुरानै आश्वासन
अझै किन सुरु हुन सकेन विराटनगर महानगरपालिकाको मतगणना ?   यस्तो छ  कारण
अझै किन सुरु हुन सकेन विराटनगर महानगरपालिकाको मतगणना ? यस्तो छ कारण
केपी ओलीपछि दोस्रो लोकप्रिय मत बास्कोटाको
केपी ओलीपछि दोस्रो लोकप्रिय मत बास्कोटाको
के गच्छदारलाई फसाइएकै हाे ?
के गच्छदारलाई फसाइएकै हाे ?
निजी र आङ्गिक क्याम्पसमा सँगै भर्ना गर्ने तयारी
निजी र आङ्गिक क्याम्पसमा सँगै भर्ना गर्ने तयारी
नेकपा एकता विवाद चुलिदै, अन्ततः ओली–प्रचण्ड असफल
नेकपा एकता विवाद चुलिदै, अन्ततः ओली–प्रचण्ड असफल
भक्तपुरमा विस्केट जात्रा सुरु, जति रमाइलो त्यति नै खतरा
भक्तपुरमा विस्केट जात्रा सुरु, जति रमाइलो त्यति नै खतरा