अमेरिकी राष्ट्रपति ट्रम्पमाथि मुद्दा दर्ता
सारांश
- वासीङ्टन, १० जेठ ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि दी नाइट फस्ट अमेन्डमेन्ट इन्स्टिच्यूटले मुद्दा दर्ता गरेको छ ।
- राष्ट्रपति ट्रम्पले सात जनालाई ट्वीटरमा ब्लक गरेपछि उनीहरुका तर्फबाट दी नाइट फस्ट अमेन्डमेन्ट इन्स्टिच्युटले मुद्दा दर्ता गरेको हो ।
वासीङ्टन, १० जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि दी नाइट फस्ट अमेन्डमेन्ट इन्स्टिच्यूटले मुद्दा दर्ता गरेको छ ।
राष्ट्रपति ट्रम्पले सात जनालाई ट्वीटरमा ब्लक गरेपछि उनीहरुका तर्फबाट दी नाइट फस्ट अमेन्डमेन्ट इन्स्टिच्युटले मुद्दा दर्ता गरेको हो ।
उनलाई कुनैपनि ट्वीटर प्रयोगकर्तालाई ब्लक नगर्न जिल्ला अदालतका न्ययधीश नामी राइस बुचवाल्डले आदेश दिएका छन् । अभिव्यक्ति स्वतन्त्रतामाथि ट्रम्प र ह्वाइट हाउसले लगाम लगाउन खोजेको भन्दै अदालतले सो आदेश दिएको हो ।
ट्रम्पको एकाउन्टलाई ब्लक गर्ने पहुँच दिनु अभिव्यक्ति स्वतन्त्रतामाथिको उल्लंघन हुने तर्क न्यायधीस नामीले दिएका छन् । राष्ट्रपति ट्रम्प र ह्वाइट हाउसले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया