नागार्जुन नगरपालिकाका नयाँ शक्तिका उम्मेद्वारको अपहरण !

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २०, २०७४
|
|
९७७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट नागार्जुन नगरपालिका वडा नं.
  • ७ का वडाध्यक्षका उम्मेद्वार मदन गिरीलाई आज साँझ अज्ञात समूहले अपहरण गरेको छ ।

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट नागार्जुन नगरपालिका वडा नं. ७ का वडाध्यक्षका उम्मेद्वार मदन गिरीलाई आज साँझ अज्ञात समूहले अपहरण गरेको छ । आज साँझ ७:१२ बजे उहाँलाई काठमाडौंको नयाँबजारबाट ४ जनाको समूहले अपहरण गरेको हो ।

नयाँ शक्ति पार्टीले जित्ने सम्भावना बढी भएको ठाउँ भएकोले पहिलेदेखि नै नयाँ शक्तिका उम्मेद्वारहरुलाई डर, धम्की दिने गरिएको बताइएको छ । नयाँ शक्ति पार्टी, नेपालले जित्ने पक्का भएकोले विपक्षीहरुले उम्मेद्वार अपहरण गरेको नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारी सदस्य हिसिला यमीले बताउनुभयो । वडाध्यक्षका उम्मेद्वार गिरीको खोजी कार्य भइरहेको र प्रहरीलाई खबर गरिएको उहाँले बताउनुभयो ।

यसअघि गोरखाको भीमसेन गाउँपालिका वडा नं. ५ का वडाध्यक्षका उम्मेद्वारलाई पनि उम्मेद्वारी दिए ज्यान मार्ने धम्की दिइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?