उच्च हिमाली भेगमा पुनः हिमपात, विद्युत् सेवा अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १७, २०७६
|
|
१९ पटक हेरिएको
Shares
उच्च हिमाली भेगमा पुनः हिमपात, विद्युत् सेवा अवरुद्ध

सारांश

  • बैतडी, १७ पुस स् मौसममा आएको परिवर्तनसँगै बैतडीका उच्च लेकाली भेगमा हिमपात भएको छ ।
  • खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो ।
  • यसवर्ष मङ्सिरको अन्तिम साता पहिलोपटक हिमपात भएकोे थियो ।

बैतडी, १७ पुस स् मौसममा आएको परिवर्तनसँगै बैतडीका उच्च लेकाली भेगमा हिमपात भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । यसवर्ष मङ्सिरको अन्तिम साता पहिलोपटक हिमपात भएकोे थियो ।

गएरातिदेखि उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले जनाएका छन् । हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको खोड्पेका स्थानीय मोहन विष्टले बताए ।
हिमपातले बाहिर निस्कनसमेत मुस्कील भएको सुर्नया–८ का वीरबहादुर बोहराले जानकारी दिनुभयो । हिमपातले चिसो बढेसँगै बस्तुभाउ स्याहारमा समेत समस्या भएको स्थानीयले बताएका छन् ।

सिँचाइ नभएका क्षेत्रमा वर्षा र हिमपातले सिँचाइको काम गर्ने भएकाले किसान खुशी भएका छन् । हिमपातले विभिन्न रोगकीरासमेत नष्ट हुने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले लेकाली भेगका ठाँउमा चिसोबाट बच्न सतर्कता अपनाउन सूचना जारी गरी र औषधि आपूर्तिका लागि स्थानीय तहलाई निर्देशन दिइसकेको बताए ।

बैतडीमा विद्युत् सेवा अवरुद्ध भएको छ । राति चलेको हावाहुरीले बैतडीको खोड्पे क्षेत्रमा लाइनमा समस्या आएको नेपाल विद्युत् प्राधिकरण बैतडीले जनाएको छ । विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय विदेशमन्त्री भोली र चिनियाँ उपप्रधानमन्त्री सोमबार आउँदै
भारतीय विदेशमन्त्री भोली र चिनियाँ उपप्रधानमन्त्री सोमबार आउँदै
लालसागरमा तनाव बढे पछि इरानले तैनाथ गर्‍यो युद्धपोत
लालसागरमा तनाव बढे पछि इरानले तैनाथ गर्‍यो युद्धपोत
‘बिमस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यास’ मा सहभागी नहुन सेनालाई प्रम ओलीको निर्देशन
नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा
नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा
प्रदेश राजधानीलाई नमूना सहरका रुपमा विकास गर्छौँ : मुख्यमन्त्री गिरी
प्रदेश राजधानीलाई नमूना सहरका रुपमा विकास गर्छौँ : मुख्यमन्त्री गिरी
प्रेस चौतारी र  प्रेस सेन्टरको एकतापछि प्रेस संगठन नेपाल !
प्रेस चौतारी र प्रेस सेन्टरको एकतापछि प्रेस संगठन नेपाल !
पार्टीको हितका लागि युवा पुस्तालेले जिम्मेवारी लिनुपर्छ: नेता रिजाल
पार्टीको हितका लागि युवा पुस्तालेले जिम्मेवारी लिनुपर्छ: नेता रिजाल
प्रहरीचौकी इञ्चार्ज पौडेलको शव परीक्षण पोखरामा हुने
प्रहरीचौकी इञ्चार्ज पौडेलको शव परीक्षण पोखरामा हुने
Meet Television and Bollywood celebrities who died during their project!
Meet Television and Bollywood celebrities who died during their project!
मधेस प्रदेशमा आज सार्वजनिक बिदा
मधेस प्रदेशमा आज सार्वजनिक बिदा

तपाईंले छुटाउनुभयो कि?