रियल मड्रिडको लगातार हार, नेइमारले बार्सिलोना छाडे रियललाई फाइदा पुग्ने रामोसको दाबी

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १५, २०७४
|
|
४० पटक हेरिएको
Shares
रियल मड्रिडको लगातार हार, नेइमारले बार्सिलोना छाडे रियललाई फाइदा पुग्ने रामोसको दाबी

सारांश

  • अमेरिकाको मायामीमा रहेको हार्ड रक रंगशालमा भएको प्रि–सिजन एल क्लासिकोमा बार्सिलोना विजयी भएको छ ।
  • स्पेनिस दुई ठुला क्लब रियल मड्रिड र बार्सिलोनाबिच आइतबार बिहान भएको अन्तर्राष्ट्रिय कप अन्तर्गतको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियल मड्रिडलाई ३–२ ले हराएको हो ।
  • बार्सिलोनाका लागी खेलको तेस्रो मिनेटमा नै लियोनल मेसी र छैटौं मिनेमा इभान रेकिटिकले गोल गर्दै रियललाई दबाबमा राखेका थिए ।

अमेरिकाको मायामीमा रहेको हार्ड रक रंगशालमा भएको प्रि–सिजन एल क्लासिकोमा बार्सिलोना विजयी भएको छ ।

स्पेनिस दुई ठुला क्लब रियल मड्रिड र बार्सिलोनाबिच आइतबार बिहान भएको अन्तर्राष्ट्रिय कप अन्तर्गतको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियल मड्रिडलाई ३–२ ले हराएको हो ।

बार्सिलोनाका लागी खेलको तेस्रो मिनेटमा नै लियोनल मेसी र छैटौं मिनेमा इभान रेकिटिकले गोल गर्दै रियललाई दबाबमा राखेका थिए ।

रियल मड्रिडको लागी १३ औं मिनेटमा कोभाकिकले पहिलो गोल गरे भने ३५ औं मिनेटमा युवा खेलाडी एसेनसिओले गोल गरेपछि पहिलो हाफमा २–२ को बराबरी भयो ।

बार्सिलोनाले दास्रो हापमा पाएको फ्रि किकको सदुपयोग गर्दै ४९ औं मिनेटमा जेराड पिकेको गोलनै निर्णयक साबित भयो । रियल मड्रिडले म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेडसँग हार बेहोरेको थियो ।

नेइमारले बार्सिलोना छाडे रियललाई सजिलो

यसैगरी रियल म्याड्रिडका कप्तान तथा डिफेन्डर सर्जियो रामोसले बार्सिलोनाका स्ट्राइकर नेइमारले बार्सिलोना छाडेमा आफ्नो क्लबलाई फाइदा पुग्ने बताएका छन् ।

खेलपछिको पत्रकार सम्मेलनमा रामोसले भने– नेइमारले बार्सिलोना छाड्दाआफ्नो क्लबका लागि खुसिको कुरा हुनेछ।’म्याड्रिडविरुद्धको खेल नै सम्भवत नेइमारको बार्सिलोनाबाट अन्तिम खेल हुने रामोसले दाबी गरे ।

बार्सिलोना बिरुद्धको ठूलो खेलहरुमा रियललाई नेइमारको उपस्थिति समस्या बन्ने गरेको बताउँदै अब यसबाट हामी मुक्त हुनेछौं,’ उनले भने । रामोसले खेल सकिएपछि नेइमारसँग जर्सी साटेका थिए।टिभी अन्नपूर्ण बाट ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?