करकाे बोझ हटाउने अर्थमन्त्रीकाे संकेत

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
करकाे बोझ  हटाउने अर्थमन्त्रीकाे संकेत

सारांश

  • काठमाडौं , २७ साउन ।
  • अर्थमन्त्री डाक्टर युवराज खतिवडाले तिर्न नसक्नेलाई करको बोझ नलगाउने स्पष्ट पार्नु भएको छ ।
  • सर्वसाधारणलाई करको बोझ लगाउने काम गरिएकोे भन्दै सरकारको चर्को आलोचना भइरहँदा अर्थमन्त्री खतिवडाले कमजोर वर्गलाई कर नलगाउने स्पष्टिकरण दिनु भएको हो ।

काठमाडौं , २७ साउन । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले तिर्न नसक्नेलाई करको बोझ नलगाउने स्पष्ट पार्नु भएको छ ।सर्वसाधारणलाई करको बोझ लगाउने काम गरिएकोे भन्दै सरकारको चर्को आलोचना भइरहँदा अर्थमन्त्री खतिवडाले कमजोर वर्गलाई कर नलगाउने स्पष्टिकरण दिनु भएको हो । उहाँले संघीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा पनि करको प्रावधान राखिएको स्मरण गराउनुभयो ।

आइतबार काठमाडौंमा आयोजित व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री खतिवडाले कानुन नबनाई कर असुली नगर्न पनि सम्बन्धित सबै निकायलाई कडा निर्देशन दिनुभयो । उहाँले दोहोरो कर नलिन र आफ्नो क्षेत्राधिकार बाहिर गएर कर असुल नगर्न पनि मातहतका निकायलाई सचेत गराउनुभयो । सरकारले संघीयता कार्यान्वयनका लागि लोककल्याणकारी राज्यको अवधारणा र सामाजिक न्यायको अवधारणा अनुरुप कर असुलीको काम गरिरहेको अर्थमन्त्री खतिवडाको दाबी छ।

अर्थमन्त्री खतिवडाले राज्यले कमजोर समुदायलाई लाभ हुने गरी विकास, निर्माण र सेवाको कामलाई अगाडि बनाउन कर लिने गरेको पनि स्मरण गराउनुभयो । उहाँले करको दुरुपयोग हुन नदिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Rajendra Karki

    He is completely FAIL not move Neplease Economy.

    Comment Author

    Dila Ram Bastola

    Good

    Comment Author

    Shrestha Ramesh

    Aasa x

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?