उत्सबको साथ् राजमानको उदय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २५, २०७३
|
|
१४५ पटक हेरिएको
Shares
उत्सबको साथ् राजमानको उदय

सारांश

  • बिगत एक दशक देखि डेनमार्कको कोपेनहेगन बस्दै आएका नबोदित गायक राजमान तामाङ्ले “उत्सव” लिएरआएका छन्।
  • संखुवासभा स्थायी घर भएका गायक तामाङ् अहिले गीत रेकर्ड गरी प्रमोसनमा लागेका छन् भने उनि केहि समयमै डेनमार्क फर्कदै छन् ।
  • बिभिन्न स्रष्टाहरुका गीत संगीत सुनाएर स्टेज तताउँदै आएका गायक तामाङ् युरोपको नेपाली समुदाय माँझ निकै लोकप्रिय छन् ।

बिगत एक दशक देखि डेनमार्कको कोपेनहेगन बस्दै आएका नबोदित गायक राजमान तामाङ्ले “उत्सव” लिएरआएका छन्। संखुवासभा स्थायी घर भएका गायक तामाङ् अहिले गीत रेकर्ड गरी प्रमोसनमा लागेका छन् भने उनि केहि समयमै डेनमार्क फर्कदै छन् ।

बिभिन्न स्रष्टाहरुका गीत संगीत सुनाएर स्टेज तताउँदै आएका गायक तामाङ् युरोपको नेपाली समुदाय माँझ निकै लोकप्रिय छन् ।जर्मनी,डेनमार्क,स्पेन,नेदरल्यण्ड,स्विट्जरल्याण्ड,नर्बे जस्ता युरोपेली मुलुकहरु पुगेर बिभिन्न कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुती राखीसकेका तामाङ् आफ्नो पहिलो एल्बमबाट निकै उत्साहित छन्।

भिन्न भिन्न विधाका गीतहरुलाई न्याय पुर्बक गाउँने क्षमता भएका गायक तामाङ्ले आफ्नो एल्बममा पनि ६ बटा गीतहरु समाबेश गरेका छन्। उनले भने,” बिभिन्न देशहरुमा प्रस्तुती राख्न पाउँदा,त्यहीबाट धेरै कुराहरु सिके, कस्ता- कस्ता गीतहरु दर्शकले रुचाउँछन् भन्ने बारेको अनुभवलाई एल्बममा पनि प्रयोग गरेको छु।”

गायक तामाङ्को एल्बममा छ वटा बिभिन्न स्वादका गीत समावेस गरेका छन् “ताल पानीमा”,”पुर्बमा धरान राम्रो”,”हल्का हल्का नजर”,”अलि अलि कान्छी तिम्रो”,”रिमझिम रिमझिम” र “लौन मलाई रुझायो” बोलका गीतहरु समाबेश छन्। एल्बममा समाबेश भएको “पुर्वमा धरान राम्रो,पश्चिममा पोखरा” बोलको गीत भिडियो सहित सार्बजनिक भएको छ। युबराज वाईवाले निर्देशन गरेको उक्त भिडियोमा एलिसा राई र निराजन प्रधानले अभियन गरेका छन्।

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) का ग्लोबल सदस्य समेत रहेका तामाङ्ले प्रबासमा नेपाली गीत संगीतलाई फैलाउँन उल्लेखिय भूमिका निर्बाह गर्दै आएका छन्। चर्चित तथा बरिष्ट नेपाली कलाकारहरुको प्रस्तुती युरोपको नेपाली समुदाय माँझ राख्न सहयोग पुर्याउँदै उनले यस्तो योगदान दिएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?