एमाले र माओवादीका आफ्नै नेताको गुनासो, ”सिलवालका कारण हामीमाथि अन्याय भयो”
सारांश
- ललितपुर: पूर्व डिआइजी नवराज सिलवाललार्इ उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयका कारण आफूहरुमाथि अन्याय भएको एमाले र नेकपा माओवादीका स्थानीय नेता कार्यकर्ताहरुले गुनासो गर्न थालेका छन्।
- दशकौं देखि राजनीतिमा लागेका नेताहरुलार्इ वेवास्ता गर्दै पार्टी नेतृत्व एक जना विवादास्पद प्रहरी अधिकृतलार्इ टिकट दिएर आफूहरुकोर राजनीतिक योगदानको हत्या गरिएको भन्दै उनीहरु आक्रोशित बनेका हुन्।
- दश बर्ष युद्ध लडेका माओवादी र चार दशकदेखि ललितपुरमा बसेर राजनीतिमा सक्रिय एमालेका नेताहरुलार्इ पार्टी नेतृत्वले अयोग्य र असक्षम घोषणा गरिदिएको बामगठबन्धनका नेताहरुले बताउन थालेका छन्।
ललितपुर:
पूर्व डिआइजी नवराज सिलवाललार्इ उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयका कारण आफूहरुमाथि अन्याय भएको एमाले र नेकपा माओवादीका स्थानीय नेता कार्यकर्ताहरुले गुनासो गर्न थालेका छन्।
दशकौं देखि राजनीतिमा लागेका नेताहरुलार्इ वेवास्ता गर्दै पार्टी नेतृत्व एक जना विवादास्पद प्रहरी अधिकृतलार्इ टिकट दिएर आफूहरुकोर राजनीतिक योगदानको हत्या गरिएको भन्दै उनीहरु आक्रोशित बनेका हुन्।
दश बर्ष युद्ध लडेका माओवादी र चार दशकदेखि ललितपुरमा बसेर राजनीतिमा सक्रिय एमालेका नेताहरुलार्इ पार्टी नेतृत्वले अयोग्य र असक्षम घोषणा गरिदिएको बामगठबन्धनका नेताहरुले बताउन थालेका छन्। सार्वजनिक रुपमा बोल्न नसकेपनि उनीहरुले आन्तरीक छलफलमा भने सिलवालको विरोध गरिरहेका छन्।
सिलवाललार्इ टिकट दिएपछि असन्तुष्टी जनाउँदै एमालेका स्थानीय नेता कार्यकर्ताहरुले पार्टी परित्याग गर्ने श्रृंखला चलेको छ। केही दिन अघि मात्र नेकपा एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका नेपाल शिक्षक संगठनका जिल्ला सदस्य एवम् एमालेका पुराना नेता राजेन्द्र चालिसेले सिलवाललार्इ टिकट दिएर एमालेले धेरै स्थानीय नेताहरुको राजनीतिमाथि खेलवाड गरेको आरोप लगाए।
उनले भने, सिलवाल यति बेला न्यायका लागि भन्दै भोट मागिरहेका छन् तर उनका कारण मजस्ता धेरै वामपन्थी साथीहरुमाथि अन्याय भएको छ।’ सार्वजनिकरुपमा कसैले मुख नखोले पनि सिलवालका कारण राजनीतिक अन्याय भोगेका धेरै एमाले र माओवादीका नेता कार्यकर्ताहरु असन्तुष्ट बनेको बताए।
उनले भने, ‘परिवर्तनका लागि युद्ध लडेका माओवादी र दशकौंदेखि राजनीतिमा निरन्तर क्रियाशील एमालेका नेताहरुको भविष्यमाथि खेलवाड भयो, सिलवालजस्तालार्इ टिकट दिने हो भने अरुले राजनीति किन गर्ने अनि संगठन किन बनाउने?’
-मिडियासञ्चार
Gurung Kaji
Gunaso nagarau comred haru aja badheta lai bujhi samaya anusar hunu parchha
Jash Chy
Sahi bhannu bho saati le.k saptari jilla ma emale thiyenan r emale le rajapa ka neta lai emale ma prabesh garayer mair ko ticket kina diyeko?hridayes tripathi ko ho?kina tya emale xainan r?tyasaile yo sabai badhyata ho kamred.
Kanxa Kirat
Nawrja seluwal aafai ni bibadit parhari huna usko baduwa kp oli le nai ro ke ko ho yadi nawrja seluwal sachi nai imandar nisthawan pharisees vaya ko vaya aaja kina rajnitik ma lag ta u vast tiya ra na lage yadi u imandar vaya ko vay ritaryr life rajnitik nai gardaina tiyo ni
Desh Bhakta
कहि नभएर पैसा पेलेको भरमा भगौडा पुलिस लाई उम्मेदवार बनाए पछि जनता ले लोप्पा त खुवाउने नै भए।
Amar Bharati
ha ha yo congrsi page
HariBhakta Basnet
Ho ni
Chhabi Lal Pradhan
Ramro kura
Tek Poudyal
ठिकभयाेतानासाहाकाेअगाडिकेहि
बाेलननसकेपछि