प्रतिनिधिसभाबाट धन्यवाद प्रस्ताव पारित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २७, २०७९
|
|
३८ पटक हेरिएको
Shares
प्रतिनिधिसभाबाट धन्यवाद प्रस्ताव पारित

सारांश

  • काठमाडौँ ।
  • प्रतिनिधिसभा बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको सम्बोधनका लागि धन्यवादको प्रस्ताव पारित गरेको छ ।
  • प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राख्नुभएको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

काठमाडौँ । प्रतिनिधिसभा बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको सम्बोधनका लागि धन्यवादको प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राख्नुभएको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिद्वारा सङ्घीय संसद्को पहिलो अधिवेशनको दुवै सदनको संयुक्त बैठकलाई गरिएको सम्बोधनको प्रति टेबल गरेका थिए ।

बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको सात दिन समयावधि थप गरेको छ । समितिका जेष्ठ सदस्य चित्रबहादुर केसीले समितिको समयको थप माग गरेका थिए ।

सो अवसरमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले विभिन्न तीन विधेयक टेबुल गरे। “अनुगमन तथा मुल्याङ्कन विधेयक, २०७६”, “अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७” र “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७”का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही माघ २९ गते आइतबार दिनको ३ बजे बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?