सगरमाथाको उचाइ: नेपाली नापी टोली चुचुरोमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ८, २०७६
|
|
३३ पटक हेरिएको
Shares
सगरमाथाको उचाइ: नेपाली नापी टोली चुचुरोमा

सारांश

  • बीबीसी।
  • पहिलो पल्ट नेपाल सरकार आफैँले गर्न लागेको सगरमाथाको उचाइ मापन कार्यका लागि नापी विभागको प्राविधिक टोली सर्वोच्च शिखरको चुचुरोमा पुगेको छ।
  • प्रमुख नापी अधिकृत खिमलाल गौतम र नापी अधिकृत रविन कार्की बिहान ३स्१५ मा चुचुरोमा पुगेका थिए।

बीबीसी। पहिलो पल्ट नेपाल सरकार आफैँले गर्न लागेको सगरमाथाको उचाइ मापन कार्यका लागि नापी विभागको प्राविधिक टोली सर्वोच्च शिखरको चुचुरोमा पुगेको छ।प्रमुख नापी अधिकृत खिमलाल गौतम र नापी अधिकृत रविन कार्की बिहान ३स्१५ मा चुचुरोमा पुगेका थिए।उनीहरूले भूउपग्रहको संकेतसँग सम्बन्ध स्थापित गर्ने ग्लोबल न्याभिगेसन स्याटलाइट सिस्टम ९जीएनएसएस० उपकरण राखेको विभागका निर्देशक दामोदर ढकालले बताए।ढकालले भनेस् ूवहाँहरूले चुचुरोमा झण्डै आधा घण्टा समय बिताएर आफ्नो जिम्मेवारी पूरा गर्नुभएको छ।ूपर्यटन विभागकी पर्वतारोहण हेर्ने निर्देशक मीरा आचार्यले ुविशेष अनुकुल मौसमु पर्खेर नापी अधिकृतहरू अन्य आरोहीको चाप नहुने समयमा चुचुरोमा पुगेको बताइन्।जोखिमका दृष्टिले चुचुरोमा पुग्ने काम निकै जटिल र महत्त्वपूर्ण भए पनि यो समग्र प्रकृयाको सानो पक्ष मात्र रहेको नापी विभागका अधिकारीहरूले बताएका छन्।सगरमाथाको मापन कार्य सक्न अझै कम्तीमा पाँचदेखि छ महिना लाग्ने निर्देशक ढकालले बताए।नापी विभागले भारतको बङ्गाल र नेपालको सिराहा जिल्लाको माडारलाई केन्द्रविन्दु मानेर उचाइ मापनको लागि यन्त्रहरूको सम्पर्क स्थापित गरेको छ।

जीएनएसएस उपकरणको सहयोगमा सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, र भोजपुरलगायतका स्थानहरूमा विन्दुहरू कायम गरिएका छन्।एकीकृत तथ्याङ्क सङ्कलनका लागि ती विन्दुहरू कायम गरिएको विभागले जनाएको छ।भूबनोट, सतह मापन, उचाइ मापन, आधार विन्दु कायम गर्ने र स्थलतगत अवलोकन गरी हालसम्म झन्डै तीन सयवटा विन्दु कायम गरिएको नापी विभागका प्रमुख सुशील डङ्गोलले यसअघि बीबीसीलाई बताएका थिए।ती सबै विन्दुको तथ्याङ्क विभागमा एकीकृत गरी सगरमाथाको आधिकारिक उचाइ सार्वजनिक गरिनेछ।सगरमाथालाई मध्यभागमा राखेर चारै दिशातर्फ नियन्त्रण विन्दुहरू समेत कायम गरिएका छन्।लेभल मशिन, जीएनएसएस मशिन, र ग्र्याभिमिटर उपकरणको प्रयोग गरेर तल्लो क्षेत्रको उचाइ मापन गरिएको विभागले जनाएको छ।उच्च हिमाली क्षेत्रको तथ्याङ्क सङ्कलनको कार्य भइरहेको र झन्डै एक महिनाभित्र सबै विवरण सङ्कलन हुनेछ। त्यसको तथ्याङ्कको समीक्षा हुनेछ।

नेपाल आफैँले यस अगाडी सगरमाथाको उचाइ मापन गरेको छैन।विश्वको सर्वोच्च शिखरको पहिचान भएपछि त्यो हिमाली चुचुरोलाई अङ्ग्रेजहरूले माउन्ट एभरेस्ट नाम दिए।इतिहास शिरोमणि बाबुराम आचार्यले त्यसलाई नेपाली नाम दिए।सगरमाथाको पहिलो मापन सन् १९५० को दशकमा भारतको सक्रियतामा भएको थियो। त्यसपछि त्यसको उचाइ ८,८४८ मिटर भनियो।नेपाल र बाँकी विश्वले त्यही उचाइ स्वीकार गर्‍यो।भूगर्भविद्हरूचाहिँ हिमालय क्षेत्र मुनितिर रहेको भूगर्भमा भारतीय र युरेशियाली प्लेटको हलचल जारी रहेको र त्यसले गर्दा हिमालयको उचाइ बढिरहने हुन सक्ने ठान्दछन्।सन् १९९९ मा अमेरिकाको न्याशनल जिओग्राफिक सोसाइटीले जीपीएसको सहयताले सगरमाथाको उचाइ ८,८५० मिटर रहेको निष्कर्ष निकालिदियो। त्यसलाई नेपालले स्वीकार गरेन।सन् २००५ मा चिनियाँ नापी सर्भेपछि ुचुमोलोमाु अर्थात सगरमाथाको उचाइ ८,८४४ जति रहेको र त्यसमा हिउँको उचाइ चार मिटर जति रहेको निष्कर्ष निकालियो। उचाइ विवाद झनै चर्किन पुग्यो।सन् २०१० तिर मात्रै सगरमाथाको उचाइ पुनस् ८,८४८ मिटर नै हो भन्ने सहमति जुट्यो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रूस र उत्तर कोरियाबीचको बढ्दो सम्बन्ध ‘आफ्नो चासोको विषय’ नभएको चीनको भनाइ
रूस र उत्तर कोरियाबीचको बढ्दो सम्बन्ध ‘आफ्नो चासोको विषय’ नभएको चीनको भनाइ
आर्थिक समृद्धिको आधार नै स्थानीय तह ः उपप्रधानमन्त्री महरा
आर्थिक समृद्धिको आधार नै स्थानीय तह ः उपप्रधानमन्त्री महरा
ठाकुरलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छैनः यादव
ठाकुरलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छैनः यादव
न्युयोर्कमा ट्रक आक्रमण, ८ जनाको मृत्यु , आक्रमणमा आईएसको हात
निर्वाचनमा उम्मेद्वारले १४ लाखसम्म खर्च गर्न पाउने प्रस्ताव
निर्वाचनमा उम्मेद्वारले १४ लाखसम्म खर्च गर्न पाउने प्रस्ताव
श्रीमती बेच्ने गाउँको कथा, एक रातको जम्मा ३२ रुपैयाँ लिन्छन् श्रीमान
श्रीमती बेच्ने गाउँको कथा, एक रातको जम्मा ३२ रुपैयाँ लिन्छन् श्रीमान
नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना
नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना
साउनको दोस्रो सोमबार: पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड
साउनको दोस्रो सोमबार: पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड
टक्क रोकियो भविष्य यात्रा
टक्क रोकियो भविष्य यात्रा
आगामी बजेट अर्थतन्त्र सदृढ बनाउन केन्द्रित हुनेछ : अर्थमन्त्री
आगामी बजेट अर्थतन्त्र सदृढ बनाउन केन्द्रित हुनेछ : अर्थमन्त्री

तपाईंले छुटाउनुभयो कि?