उदयपुरमा प्रहरीले अफिम खेती नष्ट गर्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १८, २०७४
|
|
२९ पटक हेरिएको
Shares
उदयपुरमा प्रहरीले अफिम खेती नष्ट गर्यो

सारांश

  • अस्बिन खडका, फागुन १८ – उदयपुर बेलका नगरपालिका २ मा गैरकानुनी मानिएको अफिम खेती प्रहरीले नष्ट गरेको छ ।
  • अफिम खेती गर्ने गिरोह सक्रिय हुँदै गएपनि प्रहरीले सक्रियता बढाएको हो ।
  • लागूऔषध खैरो हिरोइन बनाउन प्रयोग गरिने र महंगोमा बिक्री हुने हुँदा अफिम खेती गर्ने, गिरोह सक्रिय हुँदै गएको हो ।

अस्बिन खडका, फागुन १८ – उदयपुर बेलका नगरपालिका २ मा गैरकानुनी मानिएको अफिम खेती प्रहरीले नष्ट गरेको छ । अफिम खेती गर्ने गिरोह सक्रिय हुँदै गएपनि प्रहरीले सक्रियता बढाएको हो ।
लागूऔषध खैरो हिरोइन बनाउन प्रयोग गरिने र महंगोमा बिक्री हुने हुँदा अफिम खेती गर्ने, गिरोह सक्रिय हुँदै गएको हो । अफिमका बोट लगाइएको सूचना पाएपछि प्रहरी पुगेर बोट काटी ट्याक्टर लगाएर जोतेको प्रहरी प्रमुख नवराज भट्टले बताए ।

जिल्ला प्रहरी कार्यालयमा प्रमुख भट्ट आएपछि विशेष टोली परिचालन गरेका हुन् । प्रमुख भट्टले ईलाका प्रहरी रामपुर क्षेत्रमा विषेश टोली परिचालन गरी विशेष सुराकीको आधारमा निगरानी गरेको बताएका छन् । त्यस स्थानमा निगरानीका आधारमा रामपुर प्रहरीको संयुक्त टोली त्यस ठाउँमा पुगेको थियो ।

उदयपुरमा अफिम खेतीमा बराह नगरपालिका ९ प्रकाशपुर सुनसरी घर भई हाल उदयपुर वेलका टप्पु बस्ने परेश मण्डल उनका बुवा रामदास र छोरा पवन चन्द्रवंशी संलग्न रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार स्थानीयलाई अफिम भन्ने थाहा नभएका कारण उनीहरुले खेती गरेको हो । अफिम खेतीमा संलग्न रहेकालाई कार्वाही गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“राष्ट्रपति कार्यालयबाट महँगो गाडी खरिदका लागि प्रस्ताव आएको छैन : भूपेन्द्रप्रसाद पौडेल सचिव, राष्ट्रपति कार्यालय
“राष्ट्रपति कार्यालयबाट महँगो गाडी खरिदका लागि प्रस्ताव आएको छैन : भूपेन्द्रप्रसाद पौडेल सचिव, राष्ट्रपति कार्यालय
आज निफ्रासहित यी १० कम्पनीको कारोबार उच्च
आज निफ्रासहित यी १० कम्पनीको कारोबार उच्च
अमेरिकामा बैंककै कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु, नौ घाइते
अमेरिकामा बैंककै कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु, नौ घाइते
कोरोना कोषमा एनसेलको १० करोड सहयोग
कोरोना कोषमा एनसेलको १० करोड सहयोग
दसैं सुरु भएपछि साढे पाँच लाखले छाडे उपत्यका
दसैं सुरु भएपछि साढे पाँच लाखले छाडे उपत्यका
तयार हुँदै २०१९ को सबैभन्दा ठूलो एक्शन फिल्म, यी हुन् कलाकार
तयार हुँदै २०१९ को सबैभन्दा ठूलो एक्शन फिल्म, यी हुन् कलाकार
प्रधानमन्त्री देउवा बनारसमा, मुख्यमन्त्री आदित्यनाथले गरे स्वागत
प्रधानमन्त्री देउवा बनारसमा, मुख्यमन्त्री आदित्यनाथले गरे स्वागत
राराबाट देशवासीलाई सम्बोधन, आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर : प्रधानमन्त्री
राराबाट देशवासीलाई सम्बोधन, आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर : प्रधानमन्त्री
नेपाल आइडललाई राउटेको ढाका टोपी
नेपाल आइडललाई राउटेको ढाका टोपी
लागूऔषध सहित २ जना पक्राउ
लागूऔषध सहित २ जना पक्राउ

तपाईंले छुटाउनुभयो कि?